तिलगंगा आँखा अस्पताललाई उद्योग मन्त्रालयले दुई करोड अनुदान दिने
काठमाडाैं । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तिलगंगा आँखा अस्पताललाई दुई करोड रूपैयाँ अनुदान दिने सम्बन्धी सम्झौता भएको छ ।
अनुदान दिनेसम्बन्धी तिलगंगा आँखा प्रतिष्ठान र मन्त्रालयबीच सम्झौता भएको हो । मन्त्रालयको चालु आव ०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम ‘तिलगंगा आँखा प्रतिष्ठानको इन्ट्राकुलर लेन्स उत्पादन विभाग हेटौंडामा स्थानान्तरणको लागि पक्की भवन निर्माण अनुदान’ कार्यक्रम कार्यान्वयन गर्न सम्झौता भएको जनाएको छ ।
निकासा भएको अनुदान रकम सम्बन्धित प्रतिष्ठानको खाता/ कोषमा जम्मा गरी सो को जानकारी मन्त्रालयमा गराउनुपर्ने सम्झौता भएको छ ।
साथै सम्झौताअनुसार प्रतिष्ठानले अनुदान रकम खर्च गर्दा प्रचलित खरिद कानुन लगायतका आर्थिक व्यवस्थासँग सम्बन्धित प्रचलित कानुनको पालन गरी वित्तिय अनुशासन कायम गर्नु/ गराउनुपर्ने छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया