तिलगंगा आँखा अस्पताललाई उद्योग मन्त्रालयले दुई करोड अनुदान दिने

काठमाडाैं । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तिलगंगा आँखा अस्पताललाई दुई करोड रूपैयाँ अनुदान दिने सम्बन्धी सम्झौता भएको छ ।
अनुदान दिनेसम्बन्धी तिलगंगा आँखा प्रतिष्ठान र मन्त्रालयबीच सम्झौता भएको हो । मन्त्रालयको चालु आव ०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम ‘तिलगंगा आँखा प्रतिष्ठानको इन्ट्राकुलर लेन्स उत्पादन विभाग हेटौंडामा स्थानान्तरणको लागि पक्की भवन निर्माण अनुदान’ कार्यक्रम कार्यान्वयन गर्न सम्झौता भएको जनाएको छ ।
निकासा भएको अनुदान रकम सम्बन्धित प्रतिष्ठानको खाता/ कोषमा जम्मा गरी सो को जानकारी मन्त्रालयमा गराउनुपर्ने सम्झौता भएको छ ।
साथै सम्झौताअनुसार प्रतिष्ठानले अनुदान रकम खर्च गर्दा प्रचलित खरिद कानुन लगायतका आर्थिक व्यवस्थासँग सम्बन्धित प्रचलित कानुनको पालन गरी वित्तिय अनुशासन कायम गर्नु/ गराउनुपर्ने छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया