NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

गर्दन दुख्छ ? यसरी कम गर्नुहाेस् गर्दनकाे दुखाई

एजेन्सी । लामो समय कम्प्युटको अगाडी बस्दा वा शरीरको आसन गलत हुँदा कहिलेकाँही हामीलाई गर्दन वा काँध दुख्ने गर्छ । हाम्रो गर्दनकाे मांसपेशी र नसाहरु फैलिएका हुन्छन् । त्यसैले लामो समय एकै ठाउँमा एकोहोरो बस्दा यस्ता समस्या आउँने गर्छन् ।

तर धेरैले यस्तो समस्याको बेवास्ता गर्छन् । जसले उनीहरुलाइ ओस्टियोआर्थराइटिस पनि हुन सक्छ। यस्तो समस्याबाट जोगिन जीवनशैलीमा थोरै परिवर्तन गर्न आवश्यक छ ।

गर्दन दुखाईबाट बच्न निम्न आसन गर्दा राहत मिल्छ :

टेनिस बल मसाज

गर्दन दुखाईमा यो मसाजले फाइदा पुर्याउँछ । एक हातमा टेनिस बल लिनुहोस् र आफ्नो गर्दनलाई विस्तारै मसाज गर्नुहोस् । गर्दनको कुन भागमा दुखेको महसुस हुन्छ त्यही ठाउँमा २० देखि ३० मिनेट थिच्नुहोस् र त्यसपछि छाड्दिनुहोस् । यो प्रक्रिया केहीसमय गर्नाले दुखाई कम हुँदै जान्छ । टेनिस बल मसाजले तन्तु र मासंपेशीहरुलाई आराम दिन्छ र दुखाई कम गर्छ ।

गर्दन दुखाईमा धनुरासन

धनुरासन पनि गर्दन दुखाईमा लाभदायिक मानिन्छ । धनुरासन गर्न पेटको सहायताले सुत्नुहोस् र घुँडालाइ कम्मरतिर झुकाउनुहोस् र दुवैहातले आफ्नो खुट्टा समात्नुहोस् । र अनुहार सिधा बनाइ विस्तारै सास लिँदै छोड्नुहोस् । यस्तो आसानमा केहीबेर स्थिर बस्नुहोस् । यसले मांसपेशी बलियो राख्छ र काँध र गर्दनको दुखाई कम गर्छ ।

गर्दनको स्ट्रेचिङ

गर्दन स्ट्रेचिङले दुखाईमा आराम दिन्छ। गर्दनलाई अगाडि बढाउनको लागि, बिस्तारै चिनलाई छातीबाट तल ल्याउनुहोस् र १० सेकेन्डसम्म यसरी बस्नुहोस्। पहिले जस्तै टाउको फर्काउनुहोस्। यसपछि, टाउकोलाई पछाडि झुकाउनुहोस् र १५ सेकेन्डसम्म यही स्थितिमा रहनुहोस्।

कामको बीचमा ब्रेक

लगातार गर्दन झुकाएर बसेर काम गर्दा यसले गर्दनको आसन मिल्दैन । त्यसैले काम गर्दा एकै स्थितीमा बसेर काम गर्न कम गनुहोस् र कामको बीचमा ब्रेक लिनेगर्नुहोस् । यसले गर्दन एकै स्थितिमा हुँदैन्। जसले दुखाई कम गराउँछ ।