NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

टर्की भूकम्पमा ज्यान गुमाउनको संख्या ३८०० नाघ्यो

काठमाडौं । टर्कीको गाजी एन्टेप सहर नजिक सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३८०० नाघेको छ । १२ हजारभन्दा बढी घाइते छन् ।

भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरैको ज्यान गएको छ । दुवै देशमा मृत्यु हुनेको संख्या चार हजार नजिक पुगेको बताइन्छ ।

भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ ।

तर अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको सिरियामा सहायता पुग्न ढिलाइ भएको रिपोर्टहरू छन्।