सरकारले तेस्रो त्रैमासभित्र ८८ अर्ब आन्तरिक ऋण उठाउँदै
काठमाडाैं । सरकारले चालु आर्थिक वर्षको चैत्रमसान्त (माघ-चैत्र) भित्र ८८ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।
यसका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार तेस्रो त्रैमासमा ट्रजरी विलमार्फत् ६० अर्ब, विकास ऋणपत्र मार्फत् २५ अर्ब, नागरिक बचतपत्र मार्फत २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्र मार्फत ५० करोड गरेर कुल ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो ।
सरकारले दोस्रो त्रैमासमा ३० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको थियो । तेस्रो त्रैमासभित्र सरकारले ८८ अर्ब उठाउने लक्ष्य लिएको हो । पहिलो त्रैमासमा भने सरकारले आन्तरिक ऋण उठाएको थिएन ।
वैशाखदेखि असारसम्ममा भने सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना राखेको छ ।
सरकारले चालु आर्थिक वर्षमा कुल २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने लक्ष राखेको छ ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया