के रेजरले छाला कालो बनाउँछ ?
एजेन्सी । चम्किलो र सुन्दर छालाका लागि महिला अलि बढि सचेत हुन्छन् । यसका लागि उनीहरु सक्दो प्रयास गरिरहेका हुन्छन् । शरीरमा आउने अनावश्यक रौंले महिलालाई कुरुप देखाइरहेको हुन्छ । त्यसैले यसमा महिला अझ बढी सचेत छन् । यसका लागि उनीहरु रेजेर, वाक्सिङ, थ्रेडिङदेखि प्लकिङसम्मको उपाय अपाउँछन् ।
यी मध्ये पनि सबैभन्दा बढी प्रयोग गरिने भनेको रेजर नै हो । धेरै महिलालाई रेजरले सेभिङ गर्दा छाला कालो बनाउँछ तथा रौं कालो र बाक्लो आउँछ भन्ने सोचले रेजर प्रयोग गर्न डराउँछन् । तर यसको प्रयोगले यस्तो कुनै समस्या नहुने विज्ञ बताउँछन् । रौं बढ्नु वा कालो हुने कुरा हर्मोनमा भर पर्ने कुरा हो । रेजरको यो सँग कुनै सम्बन्ध नहुने विशेषज्ञ बताउँछन् । अहिले महिला रेजर भन्दा पनि वाक्सिन नै गर्न रुचाउँछन् । यसले रौं कम आउने तथा ढिला आउने कारण पनि महिलाको रोजाइमा यो परेको हो ।
रेजर गर्दा ध्यान दिनुपर्ने कुराहरू
रेजर गर्दा विशेष गरी यसको गुणस्तरमा ध्यान दिनुपर्छ । कम गुणस्तरका रेजरले छालामा संक्रमण गराउन सक्छ । त्यस्तै, सेभिङ गर्नुअघि रेजरको ब्लेज कस्तो छ भनेर हेर्न पनि जरुरी छ । खिया लागेको तथा पुरानो ब्लेडले छालामा संक्रमण गराउँछ । सेभिङ गर्दा छाला मोइस्चराइज गरेर मात्र सुरु गर्नुपर्छ ।
सुख्खा छालामा घाउँ तथा रातो डाबरहरु आउने गर्छ । सेभिङ पश्चात पनि छालामा सुख्खा हुन्छ । जसका कारण छाला चिलाउने हुन्छ । त्यसैले सेभिङपछि पनि मोइस्चराइजर लगाउनु पर्छ । मोइस्चराइजरको विकल्पमा एलोभेरा जेल पनि लगाउन सकिन्छ । यसमा प्राकृतिक एन्टिअक्सिडेन्ट हुन्छ । जसले छालालाई नरम बनाइराख्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया