मोटो हुन मन छ ? खानुहोस् बदामका यी चार परिकार
एजेन्सी । धेरै व्यक्ति मोटोपनाबाट हैरान छन् । तर मोटो मानिसको बिचमा केही दुब्ला पातला पनि छन् जसलाई शरीरको तौल बढाउन मन छ । कोही मोटोपना कम गर्न खानपानदेखि व्यायामसम्म गर्छन् र कोही मोटोपना बढाउन त्यस्तै अनुसार खानपान गर्छन् ।
तौल बढाउन धेरै प्रयासका बाबजुद कसैको तौल बढिरहेको हुँदैन । यसका लागि कम तौल भएकाले बदामका विभिन्न परिकार बनाएर खान सकिन्छ । बदाममा प्रोटिन र स्वस्थ फ्याट हुन्छ । जसले तौल बढाउन मद्त गर्छ ।
बदाम क्यालोरी, प्रोटिन, फाइबर र हेल्दी फ्याटका साथै पोटासियम, भिटामिन इ, क्याल्सियम र म्याग्नेसियमको राम्रो स्रोत हो । बदामसँग दूध खादा पनि तौल बढने गर्छ । बदाम र दुध दुवैमा प्रोटीन पाइन्छ । जुन मांशपेशीको विकासमा फाइदाजनक छ । यसैगरी बदामको लड्डु पनि तौल बढाउने खान सकिन्छ । दैनिक बदामको लड्डु खाँदा तौल विस्तारै बढन थाल्छ ।
तौल बढाउन बदामको दूधको पनि सेवन गर्न सकिन्छ । यसमा हुने प्रोटिनले शरीरको तौल बढन थाल्छ । बदामको हलुवा पनि मोटो हुन मन हुनेले खान सक्छन् । बदामको हलुवाले छिट्टै तौल बढाउँछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया