NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

करोडौंमा बिक्छ सेलिब्रेटीको विवाहको भिडियो, कसले कतिमा बेचे ?

एजेन्सी । यतिबेला बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा अड्वानीको विवाहको भिडियो हेरेर उनीहरूका फ्यानहरू निकै उत्साहित छन् ।

सेलिब्रेटिको विवाहको भिडियोमा फ्यानहरूको उत्सुकतासँगै ठूला ओटीटी प्लेटफर्महरूले पनि सेलिब्रेटीहरूको विवाहको स्ट्रिमिङ अधिकारहरू खरिद गर्न चासो देखाइरहेका हुन्छन्।

पछिल्लो समय सेलिब्रेटीहरूले आफ्नो विवाहलाई धेरै हदसम्म गोप्य राख्ने प्रयास गरेको देखिएको छ । पछि विवाहको विशेष फुटेज र फोटोहरू महँगो मूल्यमा बेच्न सकोस् भनेर पनि उनीहरूले यस्तो गर्छन्। प्रियंका चोपडादेखि नयनतारा र हंसिका मोटवानीसम्म सबैले आफ्नो विवाहको स्ट्रिमिङ अधिकार ओटीटी प्लेटफर्ममा बेचेका छन्।

सिद्धार्थ–कियारा

सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीले फेब्रुअरी ७ मा जैसामेरको सूर्यगढ प्यालेसमा विवाह गरेका थिए । विवाहलाई पूर्ण रूपमा गोप्य राखिएको थियो। जसकारण विवाहको एउटा भिडियो वा फोटो कतैबाट भाइरल हुन सकेन। बलिउड सञ्चारमाध्यमका अनुसार सिद्धार्थ र कियाराले आफ्नो विवाहको स्ट्रिमिङ अधिकार ठूलो ओटीटी प्लेटफर्ममा करोडौंमा बेचेका छन्।

हंसिका मोटवानी–सोहेल कथुरिया

हंसिका मोटवानीले डिसेम्बर ४, २०२२ मा व्यापारी सोहेल कथुरियासँग विवाह गरिन् । उनीहरूले पहिले नै विवाहको स्ट्रिमिङ अधिकार डिज्नी प्लस हटस्टारलाई बेचिसकेका थिए। हालै यसको प्रोमो पनि सार्वजनिक भएको छ । यसलाई शृङ्खलाका रूपमा रिलिज गर्ने तयारी भइरहेको छ । हंसिकाको विवाहमा आधारित सिरिजको नाम ‘लभ शादी ड्रामा’ हो ।

नयनतारा–विग्नेश

नयनतारा र विग्नेशले आफ्नो विवाहको स्ट्रिमिङ अधिकार ओटीटी प्लेटफर्ममा बेचेका थिए। रिपोर्टका अनुसार उनीहरूले यो अधिकार २५ करोडमा बेचेका थिए । यद्यपि पछि यो सम्झौता रद्द गरिएका समाचारहरू आए । किनभने विग्नेशले पहिले नै सोशल मिडियामा विवाहका केही नदेखेका तस्बिरहरू पोस्ट गरिसकेका थिए।

प्रियंका–निक

प्रियंका चोपडा र निक जोनसले आफ्नो विवाहको तस्बिर एक अन्तर्राष्ट्रिय पत्रिकालाई १८ करोडमा बेचेका छन् । उनीहरूको विवाह राजस्थानको उम्मेद भवन प्यालेसमा भएको थियो । विवाहमा फोन लैजान बन्देज गरिएको थियो सँगै मिडिया प्रवेश पनि । यसका लागि कार्यक्रम स्थल वरिपरि निकै कडा सुरक्षा व्यवस्था गरिएको थियो।

विराट–अनुष्का

विराट कोहली र अनुष्का शर्माको सन् २०१७ मा विवाह भएको थियो । दुवैले भारतबाट बाहिर गएर इटालीमा विवाह गरे । उनले आफ्नो विवाहको फोटो र भिडियो पत्रिकालाई बेचे। जानकारीका अनुसार यस सम्झौतामा प्राप्त भएको पैसा विराट र अनुष्काले च्यारिटीमा दान गरेका थिए ।