NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

एजेन्सी । फलफूलमध्ये केरा अधिकांशको रोजाइमा पर्छ । कोहीले यसको फाइदा थाहा पाएर खाने गर्छन त कोही नजनानेर नै । खासमा के साच्चै केरा खानाले शरीर स्वस्थ हुन्छ त ? केराको सेवनबाट हुने फाइदा सबैले जान्न जरुरी छ ।

कयौं व्यक्ति केराले तौल बढ्छ भन्ने गर्छन् । तर यो भाष्य गलत भएको आहारविद् बताउँछन् । केरामा फाइबर र भिटामिन सी प्रशस्त्र मात्रामा पाइन्छ । जुन हाम्रो शरीरका लागि आवश्यक छ । दिनको एक कोसा केराले स्वास्थ्यमा लाभ दिन्छ ।

केराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ जसले गर्दा रोग सँग सजिलै लड्न सकिन्छ । केरा भोक लागेको बेला खाजाको रुपमा पनि लिन सकिन्छ । यसले पेट आडिलो राख्छ । केराले शरीरलाई उर्जा दिन्छ । त्यसैले यसलाई उर्जाको ‘पावरहाउस’ को रूपमासमेत लिइन्छ ।
रगतमा चिनीको मात्रा नियन्त्रण राख्न होस् वा शरीरमा पोषण पाउन, यसको लागि केरा सबैभन्दा राम्रो र उपयुक्त स्रोत हो ।

केरामा म्याग्नेसियम र पोटासियम पाइन्छ । जुन हड्डीका लागि फाइदाजनक छ । केरामा कोलेस्ट्रोल व्यवस्थापन र मधुमेह नियन्त्रणजस्ता गुणहरू पनि हुन्छन्, जसले गर्दा यो फल मुटुको स्वास्थ्यका लागि पनि राम्रो हुन्छ । केरा फाइबरको प्रचुर स्रोत पनि हो ।