आज देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द
काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टर कुटिएको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भएको छ ।
संघको शनिबार बसेको बैठकले विरोधस्वरूप आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको हो ।
बैठकपछि संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा जारी संयुक्त विज्ञप्ति आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका सेवा बन्द हुने उल्लेख छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेर फर्किने क्रममा प्रहरीले उनको सवारी हुने क्षेत्रमा हिँड्डुलसमेत गर्न नपाउने गरी कडाइ गरेको थियो । त्यसक्रममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङले निर्घात कुटपिट गरेका थिए । घटनाको चौतर्फी विरोधपछि उनलाई शनिबार सरकारले निलम्बन गरेको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया