आज देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द
काठमाडौं । नेपाल चिकित्सक संघले डाक्टर कुटिएको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भएको छ ।
संघको शनिबार बसेको बैठकले विरोधस्वरूप आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको हो ।
बैठकपछि संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालद्वारा जारी संयुक्त विज्ञप्ति आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका सेवा बन्द हुने उल्लेख छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेर फर्किने क्रममा प्रहरीले उनको सवारी हुने क्षेत्रमा हिँड्डुलसमेत गर्न नपाउने गरी कडाइ गरेको थियो । त्यसक्रममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङले निर्घात कुटपिट गरेका थिए । घटनाको चौतर्फी विरोधपछि उनलाई शनिबार सरकारले निलम्बन गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया