अर्थमन्त्री पौडेलले बोलिरहँदा कांग्रेसको नियमापत्ति
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बाेलिरहँदा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नियमापत्ति जनाएको छ ।
अर्थमन्त्रीले अर्धवार्षिक समीक्षामाथि शुन्य समयमा सासंदहरुले उठाएको प्रश्नको मन्त्री पौडेलले जवाफ दिने क्रममा कांग्रेसका सांसद रामहरी खतिवडाले नियमापत्ति जनाएका हुन् ।
सर्वोच्च अदालतले सांसद पद खारेज गरेको रवि लामिछानेको नाम संसद सचिवालयको लिस्टमा रहेको देखेपछी उनले सर्वोच्चको फैसला पुनः पढेर सुनाउन सभामुखलाई आग्रह गरे ।
सासंद खतिवडाकाे नियमापत्ति पछि सभामुखले ध्यानाकर्षण भएको भन्दै प्राविधिक त्रुटिका कारण भुलबस लामेछानेको नाम पर्न गएको सदनमा जानकारी गराएपछि विवाद साम्य भएको थियाे ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया