कोरोना रोकथाम, नियन्त्रण र उपचारमा मात्रै ३७ अर्ब खर्च

काठमाडाैं । सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि हालसम्म ३७ अर्ब ३८ लाख ३५ हजार रूपैयाँ बरारबर रकम खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको ६ महिनामा मात्रै कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि ७ लाख ३९ हजार रूपैयाँ खर्च गरेको छ । सरकारले चालु आवमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि १५ अर्ब ४७ करोड ८६ लाख रकम विनियोजन गरेको थियो ।
सरकारले आव ०७६/७७ मा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि ३ अर्ब ३६ करोड ६७ लाख रूपैयाँ रकम विनियोजन गरेको थियो । उक्त विनियोजित रकममध्ये २ अर्ब १७ करोड ९५ लाख रूपैयाँ मात्रै खर्च भएको छ ।
त्यस्तै आव ०७६/७७ मा सो विषयमा १७ करोड ४६ लाख रकम छुट्याएकोमा ४२ करोड ७८ लाख रूपैयाँ खर्च भएको पाइएको छ । आव ०७७/७८ मा १६ अर्ब ५८ करोड ८० लाख रकम विनियोजन भएको थियो । उक्त आव सो विषयमा १२ अर्ब ५६ करोड २२ लाख रूपैयाँको खर्च भएको छ ।
त्यसैगरी आव ०७८/७९ मा ३८ अर्ब ९६ करोड २५ लाख बजेट विनियोजन भएकोममा २२ अर्ब २१ करोड ३४ लाख रूपैयाँ खर्च भएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया