कोरोना रोकथाम, नियन्त्रण र उपचारमा मात्रै ३७ अर्ब खर्च
काठमाडाैं । सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि हालसम्म ३७ अर्ब ३८ लाख ३५ हजार रूपैयाँ बरारबर रकम खर्च गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको ६ महिनामा मात्रै कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि ७ लाख ३९ हजार रूपैयाँ खर्च गरेको छ । सरकारले चालु आवमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि १५ अर्ब ४७ करोड ८६ लाख रकम विनियोजन गरेको थियो ।
सरकारले आव ०७६/७७ मा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि ३ अर्ब ३६ करोड ६७ लाख रूपैयाँ रकम विनियोजन गरेको थियो । उक्त विनियोजित रकममध्ये २ अर्ब १७ करोड ९५ लाख रूपैयाँ मात्रै खर्च भएको छ ।
त्यस्तै आव ०७६/७७ मा सो विषयमा १७ करोड ४६ लाख रकम छुट्याएकोमा ४२ करोड ७८ लाख रूपैयाँ खर्च भएको पाइएको छ । आव ०७७/७८ मा १६ अर्ब ५८ करोड ८० लाख रकम विनियोजन भएको थियो । उक्त आव सो विषयमा १२ अर्ब ५६ करोड २२ लाख रूपैयाँको खर्च भएको छ ।
त्यसैगरी आव ०७८/७९ मा ३८ अर्ब ९६ करोड २५ लाख बजेट विनियोजन भएकोममा २२ अर्ब २१ करोड ३४ लाख रूपैयाँ खर्च भएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया