NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

कुकुरको सौखिन हुनुहुन्छ भने जान्नुस यी कुरा

एजेन्सी । कतिपय व्यक्ति कुकुर प्रेमी हुन्छन् । उनीहरुलाई थरीथरीका कुकुर पाल्ने सोख हुन्छ । यसका लागि उनीहरु कुकुरको खानपानदेखि स्वास्थ्यसम्ममा सचेत हुन्छन् । कुकुरलाई दिइने खानाले नै उसको स्वास्थ्य निर्धारण गर्छ ।

कुकुलाई कस्तो खानपान गराउने भन्नेबारे कुकुरप्रेमीले जान्न आवश्यक छ । बजारमा कुकुरको लागि भनेर बनाइएका थुप्रै खानेकुरा छन् । धेरैले त्यहि खानेकुराको समेत प्रयोग गरिहेका हुन्छन् । तर ती सबै खानेकुरा कुकुरलाई दिन स्वस्थ नहुन पनि सक्छन् । त्यस्ता कुकुरलाई भनेर बनाइएका सबै खानेकुरामा प्रयाप्त पौष्टिक तत्व नहुन सक्छ ।

कतिपय मानिसलाई आफ्नो घरपालुवा कुकुरलाई कस्तो खालको खाना राम्रो हुन्छ भन्ने थाहा हुँदैन । राम्रो गुणस्तरको खानेकुरा छान्दा छान्दै घरको खानामा हामी ध्यान दिइरहेका हुँदैनौं । कुकुरलाई दिने खानेकुरामा पोषण कि छैन् जान्न जरुरी हुन्छ । कुकुरहरूलाई पूर्ण रूपमा स्वस्थ हुनको लागि तिनीहरूको आहारमा निश्चित आवश्यक पोषक तत्वहरू चाहिन्छ।

यसैगरी, उनीहरुको खानेकुरा सन्तुलन हुनुपर्छ । उनीहरुलाई असन्तुलित वा नराम्रो खाना खुवाउँदा स्वास्थ्य बिग्रन सक्छ । हामी आफूले खाइसकेपछि बाकीँ बचेको वा सडे, गलेको खानेकुरा कुकुरलाई दिन्छौं । यस्तो गर्दा कुकुरको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ । जसले उनीहरुलाई वान्ता हुने, पेट दुख्ने जस्ता समस्या देखिन सक्छ ।

कुकुरहरूले आफ्नो आहारमा खानु पर्ने आधारभूत चीजहरू मध्ये एक प्रोटिन हो, जसमा एमिनो एसिड हुन्छ जसले अंग, मांसपेशी र फरमा राम्रो स्वास्थ्य कायम राख्न मद्दत गर्दछ। कुकुरका लागि प्रोटीन आवश्यक हुन्छ । उनीहरूको आहारमा कार्बोहाइड्रेट पनि आवश्यक छ । जुन उनीहरूको दैनिक आधारमा ऊर्जाको मुख्य स्रोत हो।

हामीले उनीहरुलाई दिनहुँ खुवाउने खानमा कार्बोहाइड्रेट, फ्याट र प्रोटिनबीच सन्तुलन कायम गर्नसक्यौं भने उनीहरुको स्वास्थ्य स्वस्थ र सन्तुलित हुन्छ ।