NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

६० मिनेट भन्दा बढी इयरफोन प्रयाेग गर्नु हानीकारक 

एजेन्सी । काम गर्दा होस् या बाटोमा हिँड्दा हामीजसो धेरैले मनोरञ्जनका लागि हेडफोन वा इयरफोनबाट गीत सुन्ने गरेका हुन्छौं ।
एक अध्ययनका अनुसार मानिसहरु सामान्यतया दिनको ३ देखि ४ घण्टासम्म इयरफोन प्रयोग गर्छन् ।

यसरी लामो समयसम्म इयरफोनको प्रयोग गर्दा कानलाई नभएर हाम्रो श्रवण क्षमतामा पनि कमी आउन सक्छ । विशेषज्ञका अनुसार ६० मिनेटभन्दा बढी हेडफोन र इयरफोन प्रयोग गर्नु हानिकारक हुन सक्छ । तर भोल्युम कम भएमा एक घण्टाभन्दा बढी प्रयोग गर्न सकिन्छ।

अर्कोतर्फ यसको लगातार प्रयोग गरेमा टाउको दुख्ने, मुटुको समस्या र कान दुख्ने जस्ता समस्या हुन सक्छ । इयरफोनमा १०० डीबी सम्मको आवाज आउन सक्छ, जसले कानलाई हानि पु-याउन पर्याप्त छ । चिकित्सकहरुका अनुसार ८५ डीबीभन्दा माथिको आवाज लामो समयसम्म सुन्दा कानमा क्षति पुग्न सक्छ ।

हेडफोनले कानमा तातो पैदा गर्छ, जसले ब्याक्टेरियाको कारणले कानमा संक्रमण हुने जोखिम बढाउन सक्छ। वास्तवमा, लामो समयसम्म इयरफोन लगाउनाले कानको स्नायुमा दबाब पर्छ, जसका कारण नसाहरू सुन्निन्छन्। यसको प्रयोगले कानमा कम्पन हुन्छ, जसका कारण श्रवण कोशिकाहरू नराम्ररी प्रभावित हुन्छन्। यही कारणले गर्दा कहिलेकाहीँ हेडफोनको प्रयोगले कान दुख्ने गर्छ ।

अर्कोतर्फ, अत्याधिक प्रयोगले सुन्ने क्षमता घट्छ। यसका साथसाथै टाउको दुख्ने सम्भावना पनि हुन्छ । यदि तपाईं आफ्नो इयरफोन अरूसँग साझा गर्नुहुन्छ भने यो नगर्नुहोस्। यसो गर्दा कानमा संक्रमण हुने खतरा हुन्छ । यदि साथीको हेडफोन वा इयरफोनमा कुनै हानिकारक ब्याक्टेरिया र भाइरस छ भने यसले तपाईंको कानलाई पनि हानि पु-याउन सक्छ।

चिकित्सकका अनुसार इयरफोनको अत्याधिक प्रयोगले चक्कर लाग्ने, निन्द्रा नलाग्ने, टाउको दुख्ने र कान दुख्ने जस्ता समस्या पनि हुन्छ । चर्को स्वरमा गीत सुन्दा मुटुको धड्कन बढ्छ, जसका कारण रक्तचाप बढ्छ र मुटुलाई पनि हानि पु-याउँछ ।