NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

एजेन्सी । धेरैजसो मानिसहरू शरीर बनाउनको लागि जिम जाने गर्छन् । बडी बिल्डिङ बाहेक पनि जिमिङका धेरै फाइदाहरू छन् । जिम गर्दा मांसपेशी बलियो हुनुका साथै, तौल नियन्त्रण हुन्छ, शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ, स्ट्यामिना बढ्छ र तनाव कम हुन्छ।

जिमका फाइदा

मासंपेशी बलियो
जिम गर्नुको सबैभन्दा ठूलो फाइदा हो मांसपेशी बलियो हुनु । विशेषगरी पुरूषहरू ज्यान बनाउने उद्देश्यका साथ जिममा सामेल हुन्छन्। जिममा व्यायाम गर्दा मांसपेशीहरूमा एक किसिमको प्रेसर पर्छ जसले मासंपेशी बलियो बनाउन मद्दत गर्छ ।

स्टामिना बढाउन
जिम गर्दा शरीरको स्टामिना बढ्न मद्त पुग्छ । कुनै पनि काम लामो समयसम्म थकित नभई गरिन्छ भने त्यो शरीरमा स्टामिना बढ्ने संकेत हो । जिममा लगातार व्यायाम गर्नाले शरीर लामो समयसम्म थकित नभई कुनै पनि काम गर्न सक्षम हुन्छ।

पेट घटाउन
बढ्दो पेटको बोसो धेरै मानिसहरूको लागि चिन्ताको विषय बनेको छ। पेटको बोसो घटाउन जिम सबैभन्दा राम्रो विकल्प हो । जिमले शरीरको मेटाबोलिज्मलाई गतिमा लग्छ, जसले बिस्तारै पेटको बोसो घटाउँछ ।

व्यक्तित्वमा प्रभाव

जिमले व्यक्तिको व्यक्तित्वमा पनि प्रभाव पार्छ । यसले शरीर तन्दुरुस्त र उर्जाशिल बनाउँछ । जिमले मासंपेशी कसिलो बनाइ शरीर फिट राख्छ । जसले व्यक्तित्व आकर्षक देखिन्छ ।

पाचन प्रणाली स्वस्थ

यसले पाचन शक्तिलाई पनि बलियो बनाउँछ । शरीरमा पाचन प्रणाली स्वस्थ हुन जरुरी छ । यसले खानाबाट प्राप्त पोषक तव्तलाई शरीरका अन्य आवश्यक अंगमा पु¥याउने काम गर्छ । कमजोर पाचन प्रणालीले शरीरमा धेरै समस्या निम्त्याउँछ ।

अनुहारमा प्राकृतिक सौन्दरयता

जिम गर्ने व्यक्तिको अनुहारमा प्राकृतिक सौन्दरयता झल्किएको हुन्छ । जिमले अनुहारमा निखारता ल्याइ अनुहार सफा र सुन्दर बनाउँछ । नियमित व्यायामले शरीरको विषाक्त पदार्थहरू बाहिर निकाल्छ जसले छालालाई स्वस्थ राख्छ ।

तनाव कम

धेरै अध्ययनहरूमा नियमित जिम र व्यायामले तनाव कम गर्ने देखाएको छ । यसले मन र मस्तिष्कलाई शान्त राखि व्यक्तिको मुड ताजा राख्छ ।

ताजा अपडेट

नेपालवाच विशेष