यस्तो छ मसलामा लुकेको औषधीय गुण
एजेन्सी । हाम्रो भान्सामा यस्ता धेरै जडीबुटीहरू छन् जसको मद्दतले हामी धेरै रोगहरूसँग लड्न सक्छौं। बद्लिँदो मौसममा मानिसहरू प्राय भाइरल इन्फेक्सन वा रुघाखोकीको सिकार हुने गर्छन् । यस्तो अवस्थामा घरमा पाइने जडिबुटीको प्रयोग गरेर मौसमी रोगलाई जित्न सकिन्छ । यसका साथै ग्यास, अपच, टाउको दुख्ने, जोर्नी दुख्ने, जोर्नी दुख्ने र महिनावारीको दुखाइबाट पनि छुटकारा पाउन यी जडीबुटीको प्रयोग गर्न सकिन्छ ।
दालचीनी
कोलेस्ट्रोललाई कम गर्न दालचीनीको चिया पिउन सकिन्छ । दालचीनीले पाचन प्रणालीलाई सन्तुलनमा राख्छ । जसले ग्यास र कब्जियतको समस्या हुन पाउँदैन् । बदलिँदो मौसममा रुघाखोकी र फ्लु सजिलै लाग्ने गर्छ । यस्तो अवस्थामा दालचीनीको धुलो महसँग बिहान र बेलुका सेवन गर्नु फाइदाजनक हुन्छ । मनतातो पानीमा दालचीनी र मह मिसाएर पिउँदा जोर्नी दुख्ने समस्यामा आराम मिल्छ ।
कालो मरिच
कालो मिर्च एन्टिमाइक्रोबियल र एन्टीइन्फ्लेमेटरी गुणले भरिपूर्ण हुन्छ। यसले मुखमा हुने हानिकारक ब्याक्टेरियासँग लड्न मद्दत गर्छ। दाँत दुख्ने वा गिजा सुन्निने समस्या छ भने पनि यो लाभदायिक छ ।
अदुवाको धुलो
अदुवाको धुलोले महिनावारीको दुखाइ र टाउको दुखाइ भएमा आराम दिन्छ । १ देखि २ चिम्टी अदुवाको धूलो मह र तातो पानीमा मिसाएर दिनहुँ सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बन्नुसँगै र भाइरल इन्फेक्सनबाट बच्न सकिन्छ । अदुवालाई आयुर्वेदमा प्राकृतिक पेनकिलर पनि भनिन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया