NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कस्तो ब्रेकफास्ट खाने ?

एजेन्सी । ब्रेकफास्ट गर्नु र नगर्नेबारे घरघरमा आफ्नै चलन छन् । बिहान ब्रेकफास्ट नगर्दा उच्च रक्तचाप र हृदयाघातको जोखिम बढने भारतीय चिकित्सक डा श्रीतेश मिश्र बताउँछन् । उनका अनुसार बिहानको खाजा नखाँदा तनाव बढ्छ र मस्तिष्कमा प्रत्यक्ष असर पर्छ । त्यसैले सकेसम्म विहान ब्रेकफास्ट गर्नु राम्रो हुन्छ ।

ब्रेकफास्टमा के खाने ?

सामान्यता बिहानको खाजामा दूध र फलफूल खानु उपयुक्त मानिन्छ । ब्रेकफास्टको रोजाइ फरक फरक हुन्छ । तर रोजाइ जस्तो भए पनि शरीरमा बिहान स्वस्थ हुने खाना लिनुपर्छ । बिहान चिल्लो, मसलादार र पिरो खानेकुरामा जोड दिनुहुँदैन् । बिहानको बे्रकफास्ट सादा र सन्तुलित हुनुपर्ने विशेषज्ञ बताउँछन् । विहान अण्डा, चना, मौसमी फलफूल, दलिया, ओट्स, तरकारी, दही र फलफूलको जुस खाजाका सबैभन्दा स्वस्थकर मानिन्छ ।

विहानको खाजाले धेरै समस्याबाट राहत दिन्छ । बेलुकीको खाना खाइसकेपछि हामीले एकैचोटी विहानको खाना खाँदा लामो समय पेट खाली हुन्छ । जसले एसिडिटी गराउँछ यसबाट नै पेट दुख्ने, रगतमा चिनीको मात्रा कम हुने जस्ता समस्या देखिन्छन् । त्यसै गरी यसले मधुमेह र माइग्रेनको समस्यासमेत ल्याउन सक्छ । ब्रेकफास्ट नलिदा पाचन प्रणाली सुस्त बनाउँछ । पाचन क्रिया राम्रो नहुँदा यसैबाट कपाल र छालामा पनि असर देखिन थाल्छ ।