इच्छाराजसहित १९ जनाविरूद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा

काठमाडौं । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० मा गैर कानुनी रूपमा सम्पत्ति आर्जनको आरोपमा १९ जनाविरूद्ध मुद्धा दायर गरेको छ ।
यो वर्ष विभागले मुद्दा दायर गर्ने सूचीमा व्यवसायी तथा पूर्व सांसद इच्छाराज तामाङसमेत छन् । तामाङ परिवारको शिलशिलेवर ठगीबारे दुई वर्षको अनुसन्धानपछि आयोगले यस वर्ष मुद्दा दायर गरेको थियो ।
हालसम्म विभागले चार अर्ब ८३ करोड १५ लाख ६२ हजार ४०६ रूपैयाँको विगो माग दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
विभागले ठगी, लागूऔषध, संगठित अपराध, तस्करी/मुद्रा तथा बैंकिङ, विदेशी विनिमय अपचल, हुण्डि, राजश्वलयगातका कसुरमा उनीहरूविरूद्ध प्रचलित कनानुअनुसारको सजाय र विगोमागदाबी सहित मुद्दा दायर गरेको छ ।
गैर कानुनी सम्पतिमा कसलाई कति विगो मागदाबी ?
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया