NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

तपाईको प्रेम सम्बन्ध कति मजबुत छ ? यसरी पत्ता लगाउनुहोस्

जब मानिसहरू प्रेम सम्बन्धमा हुन्छन्, त्यतिबेला तिनीहरू आफ्नो सम्बन्धमा सबै कुरा राम्रो देख्छन् । यतिसम्म कि खराब कुरा पनि सही भन्न पछि पर्दैनन् ।

आफ्नो पार्टनरको मनपर्ने र मन नपर्ने कुरालाई सजिलै स्वीकार गर्नुका साथै प्रेम सम्बन्धलाई राम्रो र मजबुत बनाउन मानिसहरु हरतरहले प्रयासरत हुन्छन् । तर, कहिलेकाहीँ उनीहरूलाई आफ्नो सम्बन्ध कति सही दिशातिर गइरहेको छ या गलत दिशामा त्यो छुट्याउन सकिरहेको हुँदैन ।

धेरैचोटि सम्बन्धमा सबै ठीकठाक चलिरहेको छ कि छैन थाहा नपाएर बिस्तारै बिग्रन थाल्छ । जब सम्बन्धमा खटपट सुरू हुन्छ, त्यहाँ शंका, उपशंका हुन थाल्छ । प्रेमी/ प्रेमिकाबीच होस् या दम्पतीबीचको सम्बन्धमा मनमुटाव, विवाद बढ्दै गएपछि सम्बन्धमा चिसोपन सुरू हुन्छ । त्यसपछि उनीहरूले एकअर्काको प्रेममा कमी आउन थालेको थाहा हुन्छ  र अन्तिममा सम्बन्ध समाप्त ‘ब्रेकअप’ समेत हुन्छ ।

कतिपय अवस्थामा एकअर्काबीचको सम्बन्ध कस्तो छ भनेर समस्या पर्दा पनि पत्ता लगाउन सकिन्छ । सबै राम्रो, असल हुँदाभन्दा खराब अवस्थामा एकअर्कालाई बुझ्ने अवस्था प्रबल हुन्छ । त्यतिबेला नै हो आफ्नो सम्बन्धबारे पत्ता लगाउने ।

यीबाहेक निम्न तरिकाबाट पनि तपाइँको सम्बन्ध कति मजबुत छ भनेर थाहा पाउन सक्नुहुन्छ ।

एकअर्काको सम्मान

हरेक सम्बन्धमा सम्मान अति जरूरी हुन्छ । झन् प्रेम सम्बन्धमा यसको भूमिका निकै नै बढी छ ।

राम्रो सम्बन्ध पहिचान गर्ने एउटा तरिका भनेको पार्टनरको तपाईप्रतिको व्यवहार हो । आफैलाई सोध्नुहोस्, के तपाई सम्बन्धमा एकअर्कालाई सम्मान गर्नुहुन्छ ? एक अर्काको भनाई बुझ्नुहुन्छ ? यदि तपाईको उत्तर ‘हो’ भने सम्बन्ध धेरै बलियो र खुसी छ। तर यदि जवाफ छैन भने, तपाईंले आफ्नो सम्बन्ध बलियो बनाउन धेरै काम गर्न आवश्यक छ। एकअर्कालाई सम्मान नगर्दा सम्बन्धको जग कमजोर हुन थाल्छ ।

सम्बन्धमा सधै आफ्नो विचार मात्रै सही अरूको गलत भन्ने हाबी छ भने त्यागिदिनुपर्छ । पार्टनरको विचारलाई सुन्नु र महत्व दिनु निकै आवश्यक छ । एकअर्कालाई सम्मान गरेर अघि बढेको सम्बन्ध मजबुत बन्दै जान्छ ।

साथ दिनु

सम्बन्धमा एकअर्काको साथ हुनु पनि महत्त्वपूर्ण छ। आफ्नो पार्टनरसँगको सम्बन्ध कस्तो छ पत्ता लगाउन, तपाईंको पार्टनरले तपाईंलाई कत्तिको समर्थन गर्छ जाँच गर्नुहोस् । यसको मतलब यो होइन कि उसले कुनै गल्तीको लागि अरूको अगाडि तपाईंलाई जिम्मेवार ठहराउँछ। यदि तपाइँको पार्टनरले तपाइँलाई हरेक अवस्थामा साथ दिन्छ र तपाइँ पनि त्यसै गर्नुहुन्छ भने, बुझ्नुहोस् कि तपाइँको सम्बन्ध एकदम ठीक तरिकाले हुर्किरहेको छ ।

निकटता

दुरीले पनि सम्बन्धलाई असर पारिरहेको हुन्छ । कतिपय अवस्थामा मनभरी मायाँ भएर पनि यदि टाढा छ भने र टाढा हुँदा समयको बहाना देखाएर पार्टनरसँग समय बिताइएन भने पनि सम्बन्धमा दरार बढ्दै जान्छ । त्यसैले तपाई आफ्नो पार्टनरबाट कति टाढा र कति समयसम्म टाढा रहन सक्नुहुन्छ, यो कुराले सम्बन्धको गहिराइ पनि बताउँछ।

यदि तपाइँ आफ्नो पार्टनरबाट एक हप्ता भन्दा बढी टाढा रहन सक्नुहुन्न र उनीहरुलाई धेरै मिस गर्नुहुन्छ भने, तपाइँको पार्टनरको साथ पनि यस्तै हुन्छ, तब बुझ्नुहोस् कि तपाइँ दुईबीच धेरै माया छ। तर, यदि तपाइँ आफ्नो पार्टनरबाट टाढा हुँदा धेरै खालीपन महसुस गर्नुहुन्न, नहुँदा पनि ठीकै महसुस भयो भने तपाइँको सम्बन्धमा कमजोरी छ, त्यो कमजोरी हटाउन पार्टनरसँग दुरी घटाउनुहोस्, नजिक हुनुहोस्, र प्रेम साट्नुहोस् । (एजेन्सीको सहयोगमा)