खाना बारम्बार तताएर खाए के हुन्छ ?
एजेन्सी । भनिन्छ, खाना सधै तातो र ताजा खानुपर्छ । हामीले खाने खानेकुराबाट नै हाम्रो स्वास्थ्य निर्धारण हुन्छ । तर धेरै तातो खाना पनि स्वास्थ्यका लागि हानीकारक छ ।
मनतातो खानाले पाचन प्रणालीमा रहेको इन्जाइमहरु छिटो निस्कन मद्दत गर्छ । जसले खाना छिटै पाचान हुन्छ र स्वास्थ्य पनि सन्तुलन हुन्छ । चिसो भन्दा तातो खानामा स्वाद पनि हुन्छ ।
तर आजको दौडधुपको जीवनमा मानिसहरूलाई तीन पटक तातो खाना पाउन गाह्रो छ । यसका लागि मानिसहरुले बासी खाना बारम्बार तताउने गर्छन् ।
यसले हाम्रो स्वास्थ्यमा गम्भीर असर गरिरहेको हुन्छ । विशेषगरी आलु, अण्डा, कुखुराको मासु र हरियो तरकारी पुन तताएर खान हुँदैन् । खानालाई बारम्बार तताउँदा त्यसभित्र रासायनिक प्रतिक्रिया हुन्छ । जसले पोषक तत्वलाई विषमा परिणत गर्छ ।
आलुको तरकारी वा परीकार पुनः तताउँदा यसमा भएको भिटामिन र पोटासियम जस्ता पोषण तत्वहरू हराउँछ । त्यसैले आलुलाई पकाएको केही घण्टाभित्रै खान विज्ञहरू सल्लाह दिन्छन् । यसैगरी अण्डा पनि फेरी तताएर खान विषाक्त मानिन्छ ।
अण्डामा नाइट्रोजन हुन्छ । जुन फेरि तताउँदा कार्सिनोजेनिकमा परिणत हुन्छ। कार्सिनोजेनिक लामो समयसम्म रहेमा क्यान्सर हुन सक्छ। त्यसैले अण्डालाई धेरै पकाउनु उचित हुँदैन ।
प्रोटिन र नाइट्रेट भएका खानालाई पुनः तताएर खानु हुँदैन् । यसले प्रोटिनको मात्रा हराएर जान्छ र खाना विषाक्त बनाउँछ । जसका कारण फूड पोइजनिङ हुन सक्छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया