पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिप्रति सांसद ज्वालाको आपत्ति
काठमाडौं । एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रजातन्त्र दिवसका दिन पूर्वराजा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै राजतन्त्र हटेर गणतन्त्र आइसक्दासमेत पूर्वराजाले महाराजको हैसियतमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।
‘यो देशमा अहिले पनि श्री ५ महाराजाधिराज छन् ? अहिले पनि राजतन्त्र छ ? मेरो गम्भीर ध्यानकर्षण छ । संविधान र व्यवस्थामाथि चुनौती दिने हिसाबले जुन बक्तव्यवाजी भएको त्यसमा घोर भत्सर्ना गर्न चाहन्छु’, उनले भने ।
नेपाली जनक्रान्ति र जनआन्दोलने ढालिसकेको राजसंस्था ब्युँत्याउनु भनेको मसानघाटमा दाहसंस्कार गरेर फर्किएपछि पुनः लाशलाई ब्युँत्याउनु जस्तै भएको उनले बताए ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया