NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

राष्ट्रपतिको विषयमा देउवा र एकीकृत समाजवादीका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपतिको विषयलाई लिएर कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ ।

बुधबार अपरान्ह देउवा निवास धुम्बाराहीमा भएको छलफलमा राष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित रहेको नेकपा एसका सचिवालय सदस्यले जानकारी दिएका छन् । ती सदस्यका अनुसार विकसित राजनीतिक घटनाक्रमको ख्याल गर्दै सहमतिको आधारमा कसरी उम्मेदवार चयन गर्न सकिन्छ भन्नेबारे छलफल भएको छ ।

एकीकृत समाजवादीको दिउँसो बसेको सचिवालय बैठकले राष्ट्रपतिको उम्मेदवारको विषयमा सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको थियो । बैठक लगत्तै देउवालाई भेट्न शीर्ष नेताहरू धुम्बाराही पुगेका हुन् ।

फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेमा सत्तापक्ष र प्रतिपक्ष दलबीच सकस भइरहेको अवस्थामा एमालेले विकल्पको रूपमा माधव नेपाललाई सारेको छ ।