NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

राष्ट्रपति चुनावको उम्मेदवारी दर्ता आज, यस्तो छ कार्यतालिका

काठमाडौं । नयाँ राष्ट्पतिका लागि आज मनोनयन दर्ताको दिन हो । मनोनयनका लागि केहि घण्टाअघि मात्र नेपाली कांग्रेसले ८ दलीय गठबन्धनको साझा उम्मेदवारको रुपमा रामचन्द्र पौडेलको नाम अघि सारेको छ ।

पौडेल कांग्रेसका बरिष्ठ नेता समेत हुन् ।

नेकपा एमालेसँग अलग्गीएर प्रधानमन्त्री प्रचण्डले हिजो चुनाव अघिकै गठबन्धन व्युँताएका थिए ।

उम्मेदवारी दर्ताका लागि आज पौने १ बजे गठबन्धनका सबै नेताहरु संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र २ बजेपछि मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ ।

नेकपा एमालेले भने अहिलेसम्म आफ्नो तर्फबाट राष्टपतिको उम्मेदवारमा कसलाई उठाउने भन्ने नाम सार्वजनिक गरेको छैन । सत्ता साझेदार माओवादी केन्द्र कांग्रेससँगको गठबन्धनमा सामेल भएपछि राष्टपति निर्वाचनमा एमाले कमजोर बनेको छ ।