नाइजेरियामा राष्ट्रपति निर्वाचनको मतगणना सुरु
काठमाडौं । नाइजेरियामा सन् १९९९ मा सैन्य शासनको अन्त्यपछिको सबैभन्दा कठिन राष्ट्रपतीय निर्वाचनमा मतगणना भइरहेको छ ।
यो निर्वाचनमा मतदानको प्रतिशत निकै राम्रो छ । शनिबार पनि मतपेटिका लुट्ने र मतदान केन्द्रमा हतियारधारीले आक्रमण गरेको छिटपुट खबर आएको छ ।
केही दलले अनियमितता भएको आरोपमा चिन्ता व्यक्त गरेका छन् ।
अफ्रिकामा ८ करोड ७० लाख मतदाता छन्। २४ वर्षअघि प्रजातन्त्रको पुनर्स्थापना भएदेखि अहिलेसम्म नाइजेरियाको राजनीतिमा दुईवटा पार्टीको वर्चस्व रहेको छ। यसमा एपीसी र पीडीपी सामेल छन्।
तर यस पटक राष्ट्रपति मुहम्मदु बुहारीको उत्तराधिकारीको दौडमा लेबर पार्टीका पिटर ओबीको कडा चुनौती छ। उनलाई मन पराउने युवाहरूको संख्या उल्लेख्य छ ।
हजारौं मतदान केन्द्रहरूमा मतगणना भइरहेको छ जुन अन्ततः राजधानी अबुजाको चुनाव मुख्यालयमा पठाइनेछ।
सन् १९६० मा बेलायतबाट स्वतन्त्र भएदेखि नै नाइजेरियाले धेरै विद्रोह र धाँधली भएको चुनाव देखेको छ। यी चुनावमा खतरनाक क्षेत्रीय र राजनीतिक मतभेद सतहमा आएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया