रेडक्रसद्वारा अपांगता भएकालाई लेखा तालिम
डुम्रे । नेपाल रेडक्रस तनहुँ शाखाद्वारा अपांगता भएका व्यक्तिलाई दमौलीमा लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ ।
उनीहरुलाई आत्मनिर्भर बनाउन टेवा पु-याउने उद्देश्यले सो तालिम प्रदान गरिएको हो । शाखा सभापति प्रा डा कृष्णप्रसाद गौतमले अपाङ्गता स्वालम्बन समूहको बचत परिचालन गर्ने, हिसाब राम्रोसँग राख्न सिकाउने, आयआर्जनको रकमलाई सही तरिकाबाट व्यवस्थापन गराउने उद्देश्यले तालिम प्रदान गरिएको बताए।
उक्त शाखाका मन्त्री सूर्यचन्द्र हड्खलेले तालिममा ऋषिङ गाउँपालिकाका आठ वटै वडामा रहेका अपांगता स्वालम्बन समूहका अध्यक्ष, कोषाध्यक्ष, रेडक्रस उपशाखाका स्वयम्सेवक, अपांगता क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिसहित २५ जनाको सहभागिता रहेको जानकारी दिए ।
व्यास नगरपालिकाका प्रमुख बैकुष्ठ न्यौपानेले ‘जहाँ दुःख त्यहाँ रेडक्रस’ भन्ने भावानाअनुरुप नै काम गरिहेको उल्लेख गर्दै यस्ता तालिमले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास व्यक्त गरे। प्रशिक्षार्थीहरुलाई जगतबन्धु वाग्लेले प्रशिक्षण दिएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया