स्वस्थ शरीरका लागि हानिकारक छन् यी ४ बानी
एजेन्सी । बदलिँदो जीवनशैली र खानपानले मानिसको शरीर अस्वस्थ बन्दै गएको छ । जसले व्यक्तिको शरीरमा अत्यधिक बोसो जम्मा भइरहेको छ । यसले मोटोपना, रोग निम्त्याउनुसँगै समग्र शरीर नै कमजोर बनाइदिएको छ । अस्वस्थ खानपानले व्यक्तिलाई दिनप्रति दिन रोगी बनाइरहेको छ । यस्ता छन् स्वस्थ्य शरीरका लागि हानिकारक मानिने चार बानी :
१) आठ घण्टा भन्दा बढी सुत्ने
निन्द्रा स्वस्थ जीवनको लागि अपरिहार्य छ । तर हाम्रो शरीरलाई आठ घण्टा निन्द्रा प्रयाप्त हुन्छ । धेरै सुत्ने बानीले शरीरको तौल बढाउँछ र शरीरमा रोग उत्पन्न गराउँछ । एक अध्ययनका अनुसार ८–९ घण्टाभन्दा बढी सुत्ने मानिसमा मोटोपनको जोखिम २५ प्रतिशत बढी हुन्छ ।
२) खानेबेलामा टिभी वा मोवाइल हेर्ने
आजकल मानिसहरु मोबाइल नहरी खाना खाँदैनन् । यसले उनीहरुको स्वास्थ्यमा कस्तो असर पुर्याएको छ भन्ने उनीहरुलाई ख्याल छैन् । खाना खाँदा मोबाइल वा टिभी हेर्ने चलन सामान्य भएपनि यो बानी स्वास्थ्यका लागि खतरनाक मानिन्छ । यसले शरीरमा विभिन्न स्वास्थ्य समस्या ल्याउँछ ।
३) पानी कम पिउने
स्वस्थ शरीरका लागि मानव शरीरमा पानीको भूमिका अपरिहार्य छ । पानीले मानिसलाई धेरै रोगबाटसमेत बचाउँछ । त्यसैले पानी पिउने बानी गर्नुपर्छ ।
४) अस्वस्थ खानपान गर्ने
स्वस्थ शरीरको रहस्य नै स्वस्थ खानपान हो । स्वस्थ खानपानले मात्र स्वस्थ जीवन कल्पना गर्न सकिन्छ । बाहिरको प्रशोधित खानाले हाम्रो स्वास्थ्यलाई मारिरहेको हुन्छ । त्यसैले स्वस्थ जीवनशैलीका लागि स्वस्थ खानपान चाहिन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया