NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

छालाको एलर्जी किन हुन्छ ?

एजेन्सी । मौसम परिवर्तनसँगै छालाको आवश्यकता पनि बदलिन्छ र छालामा धेरै समस्याहरु देखा पर्छन् । छालामा फोहोर, दागधब्बा, सुख्खापन, राता डाबर, छाला चिलाउने जस्ता समस्याले प्रायलाई सताउँछ । त्यसैले समयानुसार छालाको हेरचाह गर्नुपर्छ ।

प्रायजसो हामी छालामा समस्या देखिनासाथ बिना परामर्श जे भेट्यो त्यही लगाइदिन्छौं । जसले उक्त समस्या निको हुनुको सट्टा अझ बल्झिने गर्छ । छालामा समयअनुकुल हेरचाह गर्नुपर्छ । मौसम अनुसार छालामा लगाइने सबै साम्रगी फरक हुन्छन् ।

उचित साम्रगी उचित मौसम र समयमा नलगाउँदा पनि छालामा संक्रमण देखिन थाल्छ । जसले छालामा एलर्जी हुने सम्भावना निकै धेरै हुन्छ । छाला शरीरको अति संवेदनशिल अंग हो । यसमा थोरै पनि लापारवाही भएमा एलर्जी हुन्छ ।

छालाको एलर्जीको लागि घरेलु उपचार
छालामा एलर्जी हुँदा प्राकृतिक घरेलु उपाय अपनाउँदा यसले केही हदसम्म राहत दिन्छ । छालामा एलर्जी हुँदा देखिने डाबर तथा रातो धब्बाहरुमा चन्दनको पेस्ट लगाउन सकिन्छ । छालामा हुने यस्ता एलर्जीमा गुलाबजल पनि प्रभावकारी हुन्छ ।

गुलाबजलमा टि ट्री आयल मिसाएर प्रयोग गर्नु पनि छालाका लागि निकै फाइदाजनक छ । यसैगरी, छालामा देखिने यस्ता एलर्जीका लागि बेसार र दूधको मिश्रण पनि लाभदायिक मानिन्छ । दूधले छालालाई सफा गर्छ र बेसारको एन्टिसेप्टिक गुणहरूले घाउहरू छिटो निको पार्न मद्दत गर्दछ ।

यदि छाला चिलाउने समस्या छ भने एप्पल साइडर भिनेगरको प्रयोग गर्नुपर्छ । भिनेगरमा एन्टिसेप्टिक र एन्टिफंगल गुणहरू हुन्छन् । जसले घामको विकिरणबाट देखिएका एलर्जी निको पार्छ । यस्तै, छालाको एलर्जीको लागि अर्को उपाय मुलतानी माटो हो । मुलतानी माटोमा एक चम्चा गुलाब जल मिसाएर लगाउनाले पनि छालामा देखिने यस्ता समस्याबाट छुटकारा पाइन्छ।