भिटामिन ‘डी’ का फाइदाहरू
एजेन्सी । हाम्राे शरीरमा विभिन्न प्रकारका भिटामिनहरू आवश्यक पर्छ । ती मध्य भिटामिन ‘डी’ पनि एक हाे । भिटामिन ‘डी’ हड्डी र दाँत बलियो राख्न, मांसपेशिहरूको उचित विकास र राम्रो मानसिक स्वास्थ्यको लागी आवश्यक छ ।
शरीरमा यसको कमी हुँदा हड्डी तथा मांशपेशीका साथै शरीर नै कमजोर हुन्छ । जसले सानो चोट लाग्दा पनि हड्डी भाचिन थाल्छ भने कपाल पनि छिटै फुल्न लाग्छ । यसको कमीले बुढेसकालमा बिर्सिने बानी अर्थात् डिमेन्सियाको जोखिम उच्च हुन्छ । यसैगरी भिटामिन ‘डी’ को पूर्ति नहुँदा आलस्यता, अल्छिपना, निराशयता थकान महसुस हुन्छ । भिटामिन ‘डी’ ले छालाको एलर्जी हटाउन पनि मद्दत गर्छ ।
यो सँगै यसले रोग प्रतिरोधात्मक क्षमता पनि पनि कमजोर बनाउँछ । जसका कारण मानिसहरु बिरामी पर्न थाल्छन् । भिटामिन ‘डी’ को सबैभन्दा राम्रो र प्राकृतिक स्रोत घाम हो । हरेक दिन कम्तिमा आधा घण्टा घाम ताप्नु महत्त्वपूर्ण हुन्छ ।
बिहान १० बजेदेखि बेलुका ४ बजेसम्मको सूर्यको किरण भिटामिन ‘डी’ को लागि उपयुक्त हुने विज्ञहरू बताउँछन् । तर गर्मी मौसममा भने बिहान सबेरैको घामको पहिलो किरणमा बस्दा भिटामिन ‘डी’ को कमी पूरा हुन्छ । यसैगरी घामबाहेक दुधबाट बनेका उत्पादन, अण्डा, माछा, च्याउ, ओट्स, सुन्तला र गहुँ–जौ जस्ता अन्नमा पनि भिटामिन ‘डी’ पाइन्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया