सेनाले बुझेन सर्वोच्चको पत्र
महासेनानी शाह र प्रमुख सेनानी तिमल्सिना सैनिक हिरासतमा परेपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन परेको थियो । सर्वोच्चले बुधबार नै हिरासतमा राखिएका शाह र तिमल्सिनालाई तीन दिनभित्र अदालतमा हाजिर गराउन आदेश दिएको थियो । आदेश तामेली गर्न बिहीबार बिहानै सर्वोच्चका कर्मचारी जंगी अड्डा भद्रकाली पुगे । तर, कोही कर्मचारी नभएको बहाना बनाएर सेनाले सर्वोच्चको पत्र नै दर्ता गरेन ।
सर्वोच्चका कर्मचारी दिनभर पत्र बोकेर जंगी अड्डाको रिसेप्सनमै ढुकेर बसे । साँझसम्म पनि दर्ता नभएपछि कर्मचारी पत्रसहित फिर्ता भए । तर, सैनिक प्रवक्ता सहायक रथी भण्डारीले सर्वोच्चको पत्र दर्ता भएको दाबी गरे । उनले भने, ‘सर्वोच्च अदालतको आदेश सेनाले नमान्ने विषय नै भएन । त्यसो हुँदा पत्र दर्ता नहुने कुरै भएन । मैले बुझेको यत्ति हो ।’ नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया