NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन ९ गते
सन्दर्भ– कृष्णप्रसाद भट्टराई स्मृति दिवस

किशुनजीका नौ किस्सा

आज किशुनजी अर्थात् नेपाली कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको स्मृति दिवस । जीवनको उत्तराद्र्धमा गोदावरीस्थित सरकारी आश्रममा गीता पाठ गर्दै बिताएका सन्त नेता किशुनजी ।

उनी कहिले ‘म अविवाहित भए पनि कुमार होइन’ भनेर चर्चामा आए । कहिले ‘आइमाई र मौसमको भर हुँदैन’ भनेर विवादमा आए । कहिले ‘म भारतमुखी हुँ’ भनेर आलोचनाका पात्र बने । प्रधानमन्त्री निवासबाट सुराही र छाता लिएर फर्किंदा उनी करुणा र सम्मानका पात्र पनि बने ।

केही वर्षअघि पंक्तिकार अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत थियो । ‘नयाँ पत्रिका’ दैनिकमा पंक्तिकारले ‘केशव ज्ञवाली’का नाममा लेखेको किशुनजीबारेका एक सामग्री निकै चर्चित भएको थियो । कुनै वेला पंक्तिकारले किशुनजीसँग भेट्ने मौका पाएको थियो । किशुनजीका अनन्य कार्यकर्ता पत्रकार रेवतीरमण सुवेदीमार्फत उनका धेरै किस्सा सुन्ने मौका पनि पाएको थियो ।

पञ्चायतको चुनावमा पार्टीले भाग लिनुपर्ने पक्षमा दबाब दिन अघिल्लो दिन हस्ताक्षर बोकेर भट्टराईकहाँ पुगेका वाग्ले भोलिपल्ट होलीको दिन पनि सोही कुरा लिएर पुगेका रहेछन् । तर किशुनजीले अनेक अपशब्द बोल्दै उनलाई लखेटेका रहेछन्

पछिल्लो जनआन्दोलनका बेला कालीबाबा र पूर्वराजा ज्ञानेन्द्रकै समकक्षमा उभिएर राजतन्त्र ब्युँताउनुपर्ने याचना गरेपछि किशुनजी त्यतिवेला गणतन्त्रवादीहरूका दृष्टिमा प्रतिगामी कित्तामा दरिन पुगेका थिए । उनको अभिव्यक्तिको चर्को आलोचना भयो ।

यद्यपि, प्रजातन्त्रका लागि सिंगो जीवन समर्पित गरेका किशुनजीले जीवनको उत्तराद्र्धमा आफ्नो उचाइ घटाउने ढंगले यस्तो अलोकप्रिय अभिव्यक्ति यस पटक मात्र दिएका होइनन् । उनले बारम्बार आफू राजावादी भएको बताउँदै आए । त्यसमा उनी स्पष्ट थिए ।

कांग्रेस नेता प्रदीप गिरिका शब्दहरू सापटी लिने हो भने, ‘किशुनजी खासमा भीडको मानसिकता हेरेर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्ने नेता थिएनन् । अलोक प्रिय हुनुपरे पनि आफ्नो मूल्य–मान्यतामा कायम रहने विचित्रको स्वभाव छ, किशुनजीमा ।’

यद्यपि, किशुनजीलाई ‘नजिकबाट चिन्ने’ कार्यकर्ता इन्द्रमणि अधिकारीका शब्दमा ‘जति लामो संगत गरे पनि मैले किशुनजीलाई राम्ररी चिन्नै सकेको छैन ।’ यहाँ किशुनजीसँग सम्बन्धित केही रोचक, गम्भीर र हास्यास्पस्द प्रसंगहरू समेटिएका छन्, जसले उनको मनोहर, रहस्यमयी र अनौठो स्वभावको झल्को दिन्छ ।

चिरञ्जीवीलाई घोक्रेठ्याक

यो प्रसंग हो, ०४३ सालको । राष्ट्रिय पञ्चायतको निर्वाचनमा नेपाली कांग्रेस पनि सहभागी हुनुपर्ने पक्षमा पार्टीभित्रै हस्ताक्षर अभियान चलाइएको थियो । चिरञ्जीवी वाग्ले, मार्सलजुलुम शाक्य, विपिन कोइराला र शिवबहादुर खड्काले हस्ताक्षर अभियानको नेतृत्व गरेका थिए । निर्वाचनमा भाग लिनुपर्ने पक्षमा रहेका करिब सय जनाको हस्ताक्षर नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई बुझाइयो । तर भट्टराई भने निर्वाचनमा भाग नलिने पक्षमा थिए ।

त्यस बेलाको घटना–विवरण सुनाउँदै भट्टराईनिकट इन्द्रमणि अधिकारी भन्छन्, ‘०४३ सालको होलीको दिन थियो, हरिबोल भट्टराई र म किशुनजीलाई भेट्न भनी कुपण्डोलस्थित उहाँको निवासमा गयौं । त्यहाँ पुगेपछि किशुनजीकै मुखबाट हामीले थाहा पायौं, एक घण्टाअघि मात्र किशुनजीले चिरञ्जीवी वाग्लेजीलाई घोक्र्याएर  निकाल्नुभएको रहेछ ।’

इन्द्रमणिका अनुसार, पञ्चायतको चुनावमा पार्टीले भाग लिनुपर्ने पक्षमा दबाब दिन अघिल्लो दिन हस्ताक्षर बोकेर भट्टराईकहाँ पुगेका वाग्ले भोलिपल्ट होलीको दिन पनि सोही कुरा लिएर पुगेका रहेछन् । तर किशुनजीले अनेक अपशब्द बोल्दै उनलाई लखेटेका रहेछन् ।

किशुनजीको भनाइ उद्धृत गर्दै इन्द्रमणि भन्छन्, ‘त्यो चिरञ्जीवी मकहाँ आज पनि चुनावमा भाग लिनुपर्छ भन्दै आएको थियो । अब आइन्दा मसँग त्यस्तो कुरा नगर्नू भनेर मैले उसलाई घोक्र्याएर परसम्म लखेटेँ । पञ्चायतको चुनावमा भाग लिने भनेको त सुसाइड गर्नु हो नि बाबु हो । बरु, आऊ होली खेलौं ।’ यद्यपि, वाग्लेले पछिसम्म किशुनजीको माया भने पाई नै रहे ।

त्यो सुनको पानदानी

२०४७ सालको अन्तरिम सरकारमा भट्टराई प्रधानमन्त्री बने । अनि भारतको औपचारिक भ्रमणमा गए । भारतले नेपालमाथि लगाएको नाकाबन्दी खुलाए । भारतीय प्रधानमन्त्रीले पानका अम्मली भट्टराईलाई पान राख्ने केस (बट्टा) उपहार दिए । तर त्यो बट्टा चानचुने थिएन, सुनको बट्टा थियो । बट्टामा एकातिर पानको पात र अर्कोतिर मसला र सुपारी राख्ने कोठा थिए ।

स्वदेश फर्किएपछि भट्टराईले एक दिन आफूनिकटका राजेन्द्र खरेललाई बोलाएर भने, ‘राजेन्द्र बाबु, तपाईं मसँगै धेरै वर्ष जेल बसेको । राजनीतिमा लागेर धेरै दुःख पाउनुभयो । तपाईंका लागि केही गर्न सकिनँ । यो एउटा उपहार छ, त्यही तपाईंलाई दिन्छु ।’

स्वदेश फर्किएपछि भट्टराईले एक दिन आफूनिकटका राजेन्द्र खरेललाई बोलाएर भने, ‘राजेन्द्र बाबु, तपाईं मसँगै धेरै वर्ष जेल बसेको । राजनीतिमा लागेर धेरै दुःख पाउनुभयो । तपाईंका लागि केही गर्न सकिनँ । यो एउटा उपहार छ, त्यही तपाईंलाई दिन्छु

भट्टराईबाट पान राख्ने स्वर्ण बट्टा उपहार पाउँदा राजेन्द्र खरेल औधी खुसी भए । तर, ६ महिनापछि उनले त्यो बट्टा भट्टराईलाई नै फिर्ता दिए । किन त ?

‘मेरा तीनजना छोरा छन् । म बाँचुञ्जेल त किशुनजीको उपहार सुरक्षित होला । तर मेरो शेषपछि तीन भाइ छोरामा त्यो पान राख्ने बट्टा कसले लिने भन्ने हानथाप होला । तीन टुक्रा पारेर लिए भने त झन् नराम्रो हुने भो । त्यसैले आमासँग सल्लाह गरेर त्यो बट्टा मैले भट्टराईलाई नै फिर्ता दिएँ,’ बानेश्वरका कांग्रेसका पुराना नेता खरेलले पंक्तिकारसँग कुनै बेला भनेका थिए ।

कुरा त्यत्तिमै टुंगिएन । प्रधानमन्त्री भट्टराईले पानको बट्टा क्याबिनेट बैठकमै प्रस्तुत गरे । भने, ‘राजेन्द्रलाई उपहार दिएको यो चिज उसले फर्कायो, यसलाई के गर्ने ?’ त्यसपछि त्यसलाई म्युजियमतिर राख्ने निर्णय भएको थियो ।

‘पछि किशुनजीले राजा वीरेन्द्रसँगको भेटमा हाम्रो पार्टीमा राजेन्द्र खरेलजस्ता मूर्खहरू छन्, जो सुनको उपहार पनि फर्काउँछन् भनेर भन्नुभएछ,’ खरेलले भनेका थिए ।

सन्त नेताबाट भयो ‘धोखा’

कुनै बेला भट्टराईसँग अत्यन्त निकट रहेका कुवेर शर्मा कालान्तरमा राजावादी बने । उनी राजावादी कित्तामा जानुका पछाडि भट्टराईले उनलाई दिएको धोखा पनि एउटा कारण भएको बताइन्छ । भट्टराईबाट पाएको धोखाबारे कुवेर शर्माले आफ्नो पुस्तक ‘विद्रोह’मा ‘सन्त नेताबाट धोखा’ शीर्षकमै लेखेका छन् ।

‘म ०५१ साल कात्तिकको मध्यावधि चुनावमा सप्तरीको ४ नम्बर क्षेत्रबाट कांग्रेसको उम्मेदवार भएर पनि हारेँ । मेरो स्थिति एकदम बलियो थियो । तर प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री शेरबहादुर देउवालाई जसरी भए पनि मलाई हराउनु थियो । उनीहरूले सोचेजस्तै चुनाव हारेपछि म कमजोर भएँ । कृष्णप्रसाद भट्टराईले गिरिजाप्रसाद कोइरालासँग गोप्य सम्झौता गर्नुभएछ । भरतशमशेर, ढुण्डीराज शास्त्रीलगायत मलाई एक वचन नसोधी कांग्रेसको केन्द्रीय समितिबाट निकालिदिनुभयो । विडम्बना के हो भने त्यही दिन बिहान हामी भट्टराईको निवास कुपण्डोलमा उहाँलाई भेटेर घर फर्केका थियौँ । कसैले फोन गरेर भन्यो– रेडियो सुन्नुहोला । बिहान ९ या १० बजेको समाचारमा रेडियो नेपालबाट हामीले निष्कासित भएको खबर सुन्यौं । मेरो पढ्ने कोठामा मसँगै बस्नुभएका ढुण्डीराज शास्त्री त झसंग भएर सुइय… सुइय… गर्दै त्यहीँ पल्टिनुभयो । मैले त्यसलाई आफ्नो घोर अपमानको घटनाको रूपमा लिएँ । त्यत्रो साथ दिएको नेता कृष्णप्रसाद भट्टराई, जोसँग म शिष्यबाट मित्र भइसकेको थिएँ, यत्रो धोखा दिनुहोला भन्ने कल्पना पनि गर्न सक्दिनँ थिएँ,’ शर्माले लेखेका छन् ।

दीपेन्द्रलाई विवाहको सल्लाह

०५२ साल, माघको प्रसंग हो । तत्कालीन नारायणहिटी दरबारमा राजा वीरेन्द्रको स्वर्ण शुभजन्मोत्सवको अवसरमा विशेष समारोहको आयोजना गरिएको थियो । नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले मदिराको मस्तीबीच युवराजधिराज दीपेन्द्र शाहलाई भने, ‘यसरी बसेर भएन नि, सरकार । अब त विवाह गर्नुपर्‍यो । बरु, म केटी खोजिदिउँला ।’

भट्टराईको अनपेक्षित प्रश्न सुनेर युवराज दीपेन्द्र अक्क न बक्क रहे । तर परिस्थिति सम्हाल्दै उनले भने, ‘गरौंला नि, केको हतार ?’ प्रत्यक्षदर्शीका अनुसार त्यसपछि भट्टराईले थपे, ‘सरकारले बिहे गरेमा म पनि बिहे गर्नेछु

भट्टराईको अनपेक्षित प्रश्न सुनेर युवराज दीपेन्द्र अक्क न बक्क रहे । तर परिस्थिति सम्हाल्दै उनले भने, ‘गरौंला नि, केको हतार ?’ प्रत्यक्षदर्शीका अनुसार त्यसपछि भट्टराईले थपे, ‘सरकारले बिहे गरेमा म पनि बिहे गर्नेछु ।’

दरबारको औपचारिक समारोहमा भट्टराईले यस्ता धेरै अनौपचारिक र अप्रत्यासित व्यवहार गरेका थिए, जुन यसभन्दा अझ गम्भीर प्रकृतिका थिए ।

राजपरिषद् कसरी जोगियो ?

हुन त, ०४७ सालको संविधान जारी गर्ने क्रममा सेनाका जर्नेलहरूको समूह आएर हप्काउँदासमेत तर्सिएनन्, भट्टराई । गुप्त रूपमा समानान्तर संविधान जारी गर्ने दरबारको षड्यन्त्रलाई पनि उनले चिरेकै हुन् । तर संविधानमा राजपरिषद्को व्यवस्थालाई कायम राख्ने काम भने भट्टराईले नै गरेका रहेछन् ।

यो प्रसंग हो, ०५५ साल फागुन ७ गतेको । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र दिवसका अवसरमा शीतलनिवासमा एक स्वागत समारोहको आयोजना गरेका थिए । सो समारोहमा त्यसै दिन तत्कालीन राजपरिषद् स्थायी समितिको सभापति नियुक्त भएका केशरजंग रायमाझी पनि उपस्थित थिए, जसलाई बधाईको ओइरो लागिरहेको थियो ।

सोही समारोहमा उपस्थित थिए, पत्रकार देवेन्द्र गौतम पनि । पत्रकार गौतमले त्यहाँ एउटा नयाँ कुरा सुन्ने मौका पाए, जसलाई पछि उनले आफ्नो पुस्तक ‘आकाश पाताल’मा यसरी समेटे, ‘स्वागत समारोहमा यो लेखकले नयाँ कुरा सुन्ने अवसर पायो । जनआन्दोलनपछि गठित संविधान सुझाव आयोगका अध्यक्ष विश्वनाथ उपाध्यायले तत्कालीन अन्तरिम सरकारका गृहमन्त्री योगप्रसाद उपाध्यायलाई भन्नुभयो, ‘मैले त संवैधानिक राजतन्त्रमा राजाका एक मात्र सल्लाहकार प्रधानमन्त्री हुन्छ, राजालाई सल्लाह दिने राजपरिषद्को व्यवस्था आवश्यक छैन भनेको थिएँ र आयोगले संविधानको मस्यौदा पठाउँदा राजपरिषद्को व्यवस्था राखेको थिएन । तपाईंहरूकै मन्त्रिपरिषद्ले त्यो व्यवस्था थपेर पठाएको त हो नि ।’ योगप्रसाद उपाध्याय नाजवाफ बन्नुभयो । कुरा बुझियो, तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नै प्रधानमन्त्रीको अधिकार वा कर्तव्य कटौती गरी राजपरिषद्को पुरानै अधिकारको व्यवस्था संविधानमा पुनस्र्थापित गराउनुभएको रहेछ । भट्टराईजीलाई सफल भन्ने कि नभन्ने ? पहिले कम्युनिस्ट खोल ओढेर डा. रायमाझीले अहिले जुन सफलता पाउनुभयो, त्यस्तै भविष्यको बाटो भट्टराईले हेर्नुभएकाले राजपरिषद् जोगाउनुभएको हो कि ?’

पत्रकारमाथि अभद्र व्यवहार

यो पनि ०५५ सालकै सन्दर्भ हो । सूर्यबहादुर थापाको सरकार ढलेपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने । बालुवाटारस्थित प्रधानमन्त्री निवासमै कांग्रेस कार्यसमितिको बैठक बस्यो । जसको रिपोर्टिङ गर्न पत्रकारहरूको ओइरो लागेको थियो, बालुवाटारमा । त्यहाँ कांग्रेसका प्रायः सबै शीर्षनेताहरू उपस्थित थिए । तीमध्ये एक साप्ताहिकका पत्रकार बारम्बार नेताहरूलाई एउटै प्रश्न सोधिरहेका थिए, ‘हिजो एमालेले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री पदका लागि समर्थन गर्दा कांग्रेसले एमालेलाई पनि दरबारियाको आरोप लगायो । पछि कांग्रेसले पूर्वपञ्च सूर्यबहादुर थापालाई प्रधानमन्त्री पदमा समर्थन गर्‍यो । चन्द दरबारिया हुन् भने थापाचाहिँ कसरी प्रजातन्त्रवादी भए ?’

उनले सहज मुद्रामा पत्रकारलाई सोधे, ‘ए बाबु, तपाईंको अखबार कुन हो हँ ?’ पत्रकारले भने, ‘प्रस्फुटन मासिक ।’ त्यसपछि भट्टराईले पुनः सोधे, ‘यो कहाँ आउँछ बाबु ?’ पत्रकारले तत्काल जवाफ दिए, ‘बजारमा ।’ त्यसपछि भट्टराईले एकाएक अनुहार रातोपिरो पारे । उनले पत्रकारलाई अपशब्द बोल्दै भने, ‘आउँछ बजारमा ? यसलाई यहाँबाट घोक्र्याएर निकाल त । यसले अघिदेखि नचाहिने कुरा सोधिरहेछ । तँलाई जुत्ता हानौं ?’

पत्रकारले यो प्रश्न क्रमैसँग शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शैलजा आचार्यलाई सोधे । उनले बारम्बार एउटै प्रश्न सोधिरहेको दृष्य छेउमै बसेका कृष्णप्रसाद भट्टराईले बडो नियालेर हेरिरहेका थिए । पत्रकारले सोही प्रश्न गिरिजाप्रसाद कोइरालासमक्ष तेस्र्याए । त्यस बेलासम्म भट्टराई ‘इरिटेड’ भइसकेका थिए । तर पनि उनले सहज मुद्रामा पत्रकारलाई सोधे, ‘ए बाबु, तपाईंको अखबार कुन हो हँ ?’

पत्रकारले भने, ‘प्रस्फुटन मासिक किशुनजी ।’ त्यसपछि भट्टराईले पुनः सोधे, ‘यो कहाँ आउँछ बाबु ?’ पत्रकारले तत्काल जवाफ दिए, ‘बजारमा ।’ त्यसपछि भट्टराईले एकाएक अनुहार रातोपिरो पारे । उनले पत्रकारलाई अपशब्द बोल्दै भने, ‘आउँछ बजारमा ? यसलाई यहाँबाट घोक्र्याएर निकाल त । यसले अघिदेखि नचाहिने कुरा सोधिरहेछ । तँलाई जुत्ता हानौं ?’

भट्टराईको रौद्ररूप देखेपछि गिरिजाप्रसाद अकमकिए । उनले भट्टराईलाई शान्त पार्ने उद्देश्यले भने, ‘होइन, किशुनजी, उहाँको पत्रिका बजारमा आउँछ क्यार, मैले पनि पढेको हुँ ।’ त्यस बेलासम्म पत्रकारहरूको भागाभाग भइसकेको थियो । सबै पत्रकार कुलेलम ठोके ।

‘महाराजले सत्ता छाडिबक्सिन्न, हिहिहि…’

यो हो ०६३ साल वैशाख ४ गतेको घटना । जनआन्दोलन उत्कर्षमा थियो । जनताले लोकतन्त्रका लागि सहादत दिइरहेका थिए । राजतन्त्रविरुद्ध सिंगो देश जुर्मुराएको थियो । दमन तीव्र थियो । आन्दोलनको त्यो उहापोहकै बीच नारायणहिटी दरबारमा राजा ज्ञानेन्द्रले नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई र जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापालाई दर्शनभेट (अब यो भाषाशैली चलनचल्तीमा छैन) दिए ।

दरबारको प्रस्थान गेटमा सञ्चारकर्मीहरूको ताँती थियो । राजालाई भेटेर बाहिर आएपछि भट्टराईले भने, ‘महाराजले सत्ता छाडिबक्सन्न । आखिर किन सत्ता छाड्ने ?’ पत्रकारहरू गलल्ल हाँसे ।

तर, त्यो संवेदनशील घडीमा किशुनजीको त्यस्तो अभिव्यक्ति किञ्चित अपेक्षित थिएन । न त त्यो कुनै हास–परिहासको कुरा थियो । भट्टराई भने बडो ‘ह्युमरस मुड’मा देखिन्थे । उनले थपे, ‘म त राजावादी हुँ । म संविधानसभाको पक्षमा छैन । म पहिलेदेखि नै संविधानसभाको पक्षमा छैन । वर्तमान संविधान (२०४७ को संविधान) लाई नै क्रियाशील बनाउनुपर्छ । वर्तमान संविधान क्रियाशील भएमा मुलुकमा परिवर्तन भइहाल्छ ।’

त्यति भनिसकेपछि उनले अन्तिममा राता दाँत देखाएर हाँस्दै भने, ‘महाराजधिराजले चाहेमा म प्रधानमन्त्री हुनसक्छु ।’

देश राजतन्त्रको खिलाफमा उर्लिएको वेला किशुनजीको त्यो अभिव्यक्ति जनचाहनाको क्रूर उपहास थियो ।

किशुनजीको सहिष्णुता

यो पंक्तिकार तिनताका (२०४९ सालतिर) किशुनजीकै मुखपत्र भनिने ‘जनमञ्च साप्ताहिकमा संवाददाता थियो । सोही पत्रिकामा कार्यरत पत्रकार एवं किशुनजीका प्रिय कार्यकर्ता रेवतीरमण सुवेदीजीसँग घनिष्ठता थियो । एक दिन रेवती दाइले भने, ‘कुसुम बाबु, जाऊँ किशुनजीलाई भेट्न ।’

हामी नयाँ बानेश्वरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा गयौं । तिनताका किशुनजी कांग्रेसको कार्यवाहक सभापति थिए, गिरिजाबाबु प्रधानमन्त्री । गणेशमान सिंहका आफन्त दुर्गेशमानलाई राजदूत नबनाएको कुराले कांग्रेसमा खटपट सुरु भइसकेको थियो र गणेशमानजी गिरिजाबाबुसँग निकै रुष्ट थिए । पार्टी कार्यालयमा दुई तल्लामाथि किशुनजीको कार्यकक्षमा पुग्दा गणेशमानजी, बासु रिसाल र किशुनजी बसिरहेका थिए । हामी कुनामा थियौं ।

‘गिरिजाले एकलौटी गर्न थाल्यो, किशुनजी किन केही भन्नुहुन्न ?,’ गणेशमानजी यस्तै केही भन्दै थिए ।

‘संसदीय प्रजातन्त्रमा प्रधानमन्त्री नै सर्वेसर्वा हुन्छ, सानातिना नियुक्तिमा हामीले उहाँलाई गाली नगरौं । मालेहरूले पनि खेदिरहेका छन्, यस्तो बेला सहनु नै उत्तम होला,’ किशुनजीले दिएको जवाफको भाव यस्तै थियो ।

किशुनजीको लोकतान्त्रिक संस्कार र सहिष्णुता देख्दा पंक्तिकार चकित परेको थियो । केही बेरपछि गणेशमानजी र बासु रिसाल फन्कँदै बाहिर निस्के । रेवती दाइले क्यासेट रेकर्डर खोलेर किशुनजीसँग अन्तर्वार्ता गर्न थाले । पंक्तीकार छेउमै कुनातिरको सोफामा बसेर किशुनजीको बोली होइन, अनुहार नियालिरहेको थियो । किनकि, जीवनमै पहिलो पटक किशुनजीलाई त्यति नजिकबाट देख्ने, भेट्ने र परिचय गर्ने मौका पाइएको थियो ।

‘गान्धी युगका ज्योति’

जे होस्, किशुनजी हाम्रा लागि सदा स्मरणीय छन् ।

भारतका विलक्षण आध्यात्मिक प्रतिभा ओशो रजनीश र किशुनजीको जन्मोत्सवमा एक दिनको मात्र अन्तर छ । शान्ति, अहिंसा र सत्याग्रहको विचार दर्शनमा अडिग रही प्रजातन्त्र प्राप्तिका लागि पचास वर्ष बढी संघर्ष गरेका किशुनजीले आफ्नो जन्मोत्सव तपोवनमा मनाउँदै आएका थिए । नागार्जुन हिलस्थित ओशो तपोवनमा किशुनजीको ८६ औं जन्मोत्सव आयोजना हुँदा पंक्तिकार पनि सहभागी थियो, जुन अपूर्व थियो । मुलुकका सारा नेता त्यहाँ सहभागी थिए ।

दरबारको प्रस्थान गेटमा सञ्चारकर्मीहरूको ताँती थियो । राजालाई भेटेर बाहिर आएपछि भट्टराईले भने, ‘महाराजले सत्ता छाडिबक्सन्न । आखिर किन सत्ता छाड्ने ?’ पत्रकारहरू गलल्ल हाँसे

ओशो र किशुनजीका आध्यात्मिक आयामको महत्त्व निर्वाण यात्रामा लागेका साधकमा मात्र सीमित छैन । ओशोले जसरी संसार र सन्यासलाई सम्यक ढंगले सन्तुलन गरेर अघि बढ्ने र जिउने कला सिकाएर गए, त्यसैगरी किशुनजीले पनि सक्रिय राजनीतिसँगै सन्त जीवन बाँचेर राजनीतिमा नैतिक मूल्य, मान्यता, स्वच्छ छवि र सतचरित्रको महत्त्व उजागर गरे । राजनीतिमा लाग्ने मानिसले उच्चता प्राप्त गर्ने माध्यम पद मात्रै होइन रहेछ भन्ने पुष्टि गरे ।

जन्मोत्सव समारोहमा तत्कालीन प्रधानमन्त्री मधवकुमार नेपालले भनेका थिए, ‘किशुनजी कसैप्रति दुर्भावना नराख्ने नेता’ हुन् । तर के गर्ने स्वयं माधवका अचेलका वाणीमा अन्य नेताहरूप्रति दुर्भाव मात्र झल्किन्छ ।

स्वामी आनन्द अरुणले भनेझैं ‘हाँसेरै प्रधानमन्त्री भएका किशुनजी प्रधानमन्त्रीबाट हट्दा पनि हाँसेरै छाता र सुराही लिएर फर्किए ।’ तर, अचेल स्वामी अरुणको तपोवन आश्रम कुनै रिसोर्टजस्तै भौतिक सुविधाले ओतप्रोत छ ।

तपोवनको त्यो अपूर्व जमघट आफैंमा ऐतिहासिक थियो । किशुनजीलाई शुभकामना दिन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव तपोवन पुगेका थिए । नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले समेत किशुनजीलाई ‘सन्त नेता’ का साथै ‘सच्चा लोकतन्त्र र राष्ट्रवादी नेता’का रूपमा स्वीकारे । तर अचेल प्रचण्डको राष्ट्रवाद पनि धरापमा परिसकेको छ ।

किशुनजीको लोकतान्त्रिक संस्कार र सहिष्णुता देख्दा पंक्तिकार चकित परेको थियो । केही बेरपछि गणेशमानजी र बासु रिसाल फन्कँदै बाहिर निस्के

किशुनजी निष्ठाका धरोहर थिए । त्यागका प्रतिमूर्ति । बीपी कोइरालालगायतका नेतासमेत सशस्त्र संघर्षमा जुट्दा किशुनजीले निर्वासन र सशस्त्र संघर्षको विपक्षमा आफूलाई उभ्याए । अरू नेता सम्झौता गरेर जेलबाट रिहा हुँदा उनी जेलमै रहे । सिंगो मुलुक राजतन्त्र फाल्ने संघर्षमा लाग्दा उनले ‘सेरिमोनियल राजतन्त्र’को वकालत गरे । गणतन्त्र आइसक्दा पनि उनले आफ्नो अडान छाडेनन् ।

स्वामी आनन्द अरुणले किशुनजीलाई ‘गान्धी युगका ज्योति’ भनेर मूल्यांकन गरेका थिए । त्योबेला स्वामी अरुणले भनेका थिए, ‘किशुनजीले मलाई आफना गोप्य डायरी पनि देखाउने गर्नुभएको छ । त्यसमा एक ठाउँमा किशुनजीले महात्मा गान्धीको शीरको पछाडि भागमा मैले एक प्रकारको ऊर्जाको उज्यारो घेरा (औराहा) देखेको उल्लेख गर्नुभएको छ । मलाई लाग्छ, जसको सहस्त्रार चक्र जागृत छ, त्यस्ता सन्तमा मात्र त्यस्तो उज्यालो ऊर्जा चक्र हुन्छ, र त्यस्तो चक्र साधारण मानिसले होइन, कुनै साधक वा सन्तले मात्र देख्न सक्छ । मेरो अनुभवले भन्छ, किशुनजीमा पनि त्यस्तो
औराहा थियो, जस्तो औराहा महात्मा गान्धीमा ।’

किशुनजीको सोही ऊर्जाले नेपाली राजनीतिलाई पनि सम्यक शुद्धतातिर लगेको थियो । अहिले किशुनजीका अनेक किस्सासँगै उनका आदर्शको अभाव पक्कै खड्किएको छ । अहिले त सत्ता स्वार्थलाई केन्द्रमा राखेर दल विभाजन, गुट विभाजन मात्र होइन, आदर्श, मूल्य मान्यता र नैतिकताकै स्खलन भइरहेको छ ।