प्रचण्ड देश र जनताको पक्षमा उभिन नसक्ने कायर नेता हुन् : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देश र जनताको लागि उभिन नसक्ने कायर नेता भएको आरोप लगाएका छन् । विदेशीको इशारामा प्रचण्डले वामपन्थी गठबन्धन भात्काएकोमा उनले आक्रोस पोखे ।
२४ औं यदु स्मृति प्रतिष्ठनले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले माओवादीबाट अब देश विकास नहुने जिकिर गरे ।
‘देश र जनताको पक्षमा उभिएको एमालेलाई आज चौतर्फी घेराबन्दी भइरहेको छ । त्यसकै लागि माओवादी असफल भएको ८ दलीय गठबन्धन ब्युँताएर हामीमाथि आक्रमणा गरिरहेका छ । त्यसको माओवादीले गम्भीर मुल्य चुकाउने छु,’ उनले भने ।
कार्यक्रममा उनले माओवादी सशस्त्र विद्रोह अस्वीकार गरेकाले गौतमकाे हत्या भएको आरोप लगाए ।
त्यस्तै प्रतिष्ठनले २१ औं प्रतरकारिता पुरष्कार गोरखपत्रका पत्रकार लोकबहादुर(लक्की) चौधरीलाई प्रदान गरेको छ । तत्कालिन रुकुमका सचिवसमेत रहेका गौतमलाई माओवादीले २०५५ मा आजकै दिन सानिभेरीको किनारमा हत्या गरेको थियो ।
प्रतिक्रिया