NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

इन्टरले निकाल्यो २–० को जित, रोमासँग युभेन्ट्स स्तब्ध

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले २–० गोलान्तरको जित निकालेको छ ।

गएराति सम्पन्न खेलमा लेचेलाई हराउँदै इन्टरले जित हासिल गरेको हो ।

इन्टरको यो जितमा हेनरिक मिखितारियान र लाउटरो मार्टिनेजले समान एक÷एक गोलको योगदान गरे ।

हेनरिक मिखितारियानले २९ औं र मार्टिनेजले ५३ औं मिनेटमा गोल गरेका हुन् ।

योसँगै इन्टरले २५ खेलमा ५० अंक जोडेर दोस्रो स्थान बनाएको छ भने लेचे २७ अंक जोडेर १५ औं स्थानमा छ ।

यसैबीच, गएराति नै सम्पन्न अर्को खेलमा युभेन्ट्स पराजित भएको छ । युभेन्ट्स रोमासँग १–९ गोलान्तरमा पराजित भएको हो ।