NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

होलीपछि छाला र कपालको हेरचाह कसरी गर्ने ?

एजेन्सी । आज देशभरी नै होली पर्व मनाइँदैछ । होली रङको पर्व हो । त्यसैले विशेषगरी आज सबैले रङ खेलेर होली मनाउँछन् । तर होली खेलिसकेपछि भने होलीको रङले हाम्रो छाला तथा कपालमा असर गर्छ । जसले छालामा एलर्जी हुने, सुख्खापन, दागहरु देखापर्छन् भने कपाल बिग्रने गर्छ । त्यसैले रङको प्रयोगपछि कपाल र छालाको विशेष हेरचाह जरुरी हुन्छ ।

छालको हेरचाह

होली खेलीसकेपछि सुरुमा रङ हटाउनुहोस् र क्लिन्जिङ क्रिमले अनुहार सफा गर्नुहोस् । रङले छालालाई सुख्खा बनाएको हुन्छ । त्यसैले मोइस्चराइजरको प्रयोग गर्नुहोस् । मुख क्लिन्जिङ गर्नाका लागि तपाइ घरमै पनि प्राकृतिक क्लिनजर बनाउन सक्नुहुन्छ । यसको लागि आधा कप दुधमा तिल वा जैतुनको तेल हाल्नुहोस् र त्यसको मिश्रण अनुहार सफा गर्नुहोस् ।

शरीरमा भने होलीको रङ हटाएपछि तिलको तेल लगाएर मसाज गर्न सकिन्छ । यसले छालामा भएको सुख्खापन हटाउँछ र छाला पहिले जस्तै नरम बनाउँछ । यदि रङले शरीर चिलाएको र रातो डाबर आएको छ भने एक गिलास पानीमा दुई चम्चा भिनेगर मिसाएर नुहाउनुहोस् । यसले चिलाउन कम हुन्छ । होलीको एक दिनपछि आधा कप दहीमा दुई चम्चा मह र बेसार मिसाएर फेस प्याकको रुपमा लगाउनुहोस् । यसले रङबाट छालामा भएको असरहरु कम गर्छ ।

कपालको हेरचाह

रङले कपाललाई रुखो बनाएको हुन्छ । त्यसैले होलीपछि कपालको अझ विशेष हेरचाह चाहिन्छ । रङ हटाउन कपालमा हर्बल सेम्पु प्रेयोग गर्दा राम्रो मानिन्छ । यसमा प्राकृतिक साम्रगी हुन्छन् । जसले कपाल नरम बनाउँछ । रङले कपालमा अत्यधिक असर गरेको छ भने तपाइ एक कप वियरमा कागतीको रस मिसाएर लगाउन पनि सम्नुहुन्छ । वियले कपालमा भएको रङ हटाइ कपालमा प्राकृतिक नरमता ल्याउँछ ।