बिग्रिएको मूड कसरी ठिक पार्ने ?

एजेन्सी । रिस र तनाव कुनै पनि व्यक्तिको जीवनको लागि हानिकारक छ । तर पनि रिस र तनावले व्यक्तिलाई छाेड्दैन् । व्यक्ति सानाे सानाे कुरामा रिसाउँछ र तनावमा पनि रहिरहन्छ । जसले उनीहरूकाे मूड बिग्राछ र उसकाे दैनिकी मै प्रभाव पार्छ ।
मुड ठिक गर्न धेरै कोशिस गर्दा पनि ठिक गर्न सकिदैन् । व्यक्तिकाे मूड खराब हुँदा न त उसले केही काममा मन लगाउँछ न त उसमा जाँगर नै हुन्छ । यसले उनीहरू परिवार, र साथीहरूबाट टाढा हुन थाल्नछन् । र एक्लै बस्न रुचाउँछन् । उसलाइ न कसैसँग कुरा गर्न मन लाग्छ न समय बिताउन ।
कसरी सुधार्ने मूड ?
सबैभन्दा पहिले आफ्नो मुड ठीक गर्ने प्रयास गर्नुहोस । यसका लागि तपाईको आहारमा पनि उपयुक्त खाना हुनुपर्छ । जसले तपाईको दिमाग पनि नियन्त्रण गरोस् । मूड बिग्रेको समयमा ओखर, ड्राई फ्रुट्स, खानुहोस् । यसले तपाईको दिमाग र स्वास्थ्य स्वस्थ राख्छ ।
त्यस्तै, धेरै व्यक्ति मुड खराब हुँदा रक्सी चुरोटको सेवन गर्छन् । तर यी पदार्थले तपाइको बिग्रेको मूडलाई झन बिगार्छ । मुड खराब भएको समय रक्सीको सेवन गर्दा यसले गलत प्रभाव पार्छ । तपाई मूड ठिक गर्न ध्यान गर्न सक्नुहुन्छ । ध्यान योग र साधानाले मन र शरीर दुवैलाई हल्का बनाउँछ र तपाइ पुन पहिलेको जस्तो मूडमा आउनुहुन्छ ।
तपाईको मूड खराब छ भने सकारात्मक सोच र भनाइहरु सुन्नुहोस् । यसले पनि तपाईको दिमाग सकारात्मक बनाउँछ । त्यस्तै, मूड ठिक नहुँदा फ्रेस वातावरणमा बस्ने, घुम्न जाने तथा साथीभाइ सँग समय बिताउने गर्नुपर्छ । यसले तपाईको दिमाग ताजा बनाउँछ ।
ताजा अपडेट
-
माधव नेपालको सांसद पद निलम्बित भएको संसदमा जानकारी
-
भिजिट भिसा प्रकरणमा गृहमन्त्री र कर्मचारी संलग्न भएको यथेष्ट प्रमाण रहेको रास्वपाको दाबी
-
संसद्मा गृहमन्त्रीको जवाफ- भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन
-
संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आन्दोलन जारी रहन्छ : रास्वपा
-
अनुसन्धान प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छः गृहमन्त्री लेखक
प्रतिक्रिया