लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गरिएको छ : मुख्यमन्त्रीले अधिकारी

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका छन ।
आज शुभकामना सन्देश जारी गर्दै उनले महिला दिवसले सामाजिक न्याय र लैङ्गिक समानता कायम गर्दै महिलाको हकको सम्मान, संरक्षण र प्रवद्र्धनप्रति संवेदनशील हुन सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।
‘गण्डकी प्रदेश सरकारबाट लैङ्गिक समानता तथा महिला शसक्तिकरण, लैङ्गिक मूल प्रवाहीकरण तथा सामाजिक समावेशीकरणको नीतिलाई कार्यरुपमा रुपान्तरण गर्न, नीतिगत, संस्थागत, कार्यविधिगत तथा संरचनागत पक्षलाई विशेष ध्यान दिएको छ ’ उनको शुभकामना सन्देशमा उल्लेख छ ।
नीति, योजना तथा कार्यक्रममा लैङ्गिक मूल प्रवाहीकरणलगायत लैङ्गिक उत्तरदायी बजेटका माध्यमबाट लैङ्गिक समता र समानता प्रवद्र्धनका साथै लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको अवलम्बन गरिएको मुख्यमन्त्रीले अधिकारीले जनाएका छन् । प्रदेश सरकारले जोखिमपूर्ण अवस्थाका गर्भवतीको हवाई उद्धार, पोठेघर तथा स्तन क्यान्सरको निःशुल्क उपचार, महिला तथा १६ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार र हिंसापीडित महिलाका लागि सीप विकास र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।
‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने सङ्कल्पका साथ आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइँदैछ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया