यस्ता छन् धनियाँ पानी पिउनुका लाभदायिक फाइदा
एजेन्सी । धनीयाँ हाम्रो हरेक भान्सामा हुने मसला हो । यसको स्वाद र सुगन्धका कारण धनिया प्रिय मसलासमेत मानिन्छ । तरकारी होस् वा अचार, धनियाँले त्यसको स्वाद बढाउँछ । तर के तपाइलाई थाहा छ ? धनियाँ केबल स्वादका लागि मात्र नभइ स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायिक छ
धनिया स्वाद र सुगन्धका साथै औषधिय गुणले भरिपूर्ण छ । यसको प्रयोगले धेरै स्वास्थ्य समस्याबाट बचाउँछ । यसको सेवनले थाइराइडको समस्याबाट छुटकारा पाइनमा मद्दत पुग्छ । धनियाँ तौल घटाउन चाहनेहरुका लागि पनि राम बाण हो । यसको नियमित प्रयोगले तौल सजिलै घट्छ ।
कसरी प्रयोग गर्ने ?
धनियाँ अचार र तरकारीमा हालेर वा मसलको रुपमा खानुभन्दा पनि हरेक दिन बिहान यसको यसको पानी खानु उपयुक्त हुन्छ । यसको लागि बेलुका धनियाको दाना भिजाएर सुत्नुहोस् र बिहान रातभरी भिजेको धनियाको पानी पिउनुहोस् । यसले पाचन सम्बन्धी समस्या हुँदैन् भने पेटमा हुने एसिडिटीको मात्रा बढ्नबाट रोक्नुका साथै पेट दुख्ने, जलन हुने र ग्यास जस्ता समस्याबाटराहत मिल्छ । धनियाँमा भिटामिन के, सी र ए प्रचुर मात्रामा पाइन्छ । जसले कपाललाई समेत बलियो र छिटो बढन् सहयोग गर्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया