NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

यस्ता छन् धनियाँ पानी पिउनुका लाभदायिक फाइदा

एजेन्सी । धनीयाँ हाम्रो हरेक भान्सामा हुने मसला हो । यसको स्वाद र सुगन्धका कारण धनिया प्रिय मसलासमेत मानिन्छ । तरकारी होस् वा अचार, धनियाँले त्यसको स्वाद बढाउँछ । तर के तपाइलाई थाहा छ ? धनियाँ केबल स्वादका लागि मात्र नभइ स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायिक छ

धनिया स्वाद र सुगन्धका साथै औषधिय गुणले भरिपूर्ण छ । यसको प्रयोगले धेरै स्वास्थ्य समस्याबाट बचाउँछ । यसको सेवनले थाइराइडको समस्याबाट छुटकारा पाइनमा मद्दत पुग्छ । धनियाँ तौल घटाउन चाहनेहरुका लागि पनि राम बाण हो । यसको नियमित प्रयोगले तौल सजिलै घट्छ ।

कसरी प्रयोग गर्ने ?

धनियाँ अचार र तरकारीमा हालेर वा मसलको रुपमा खानुभन्दा पनि हरेक दिन बिहान यसको यसको पानी खानु उपयुक्त हुन्छ । यसको लागि बेलुका धनियाको दाना भिजाएर सुत्नुहोस् र बिहान रातभरी भिजेको धनियाको पानी पिउनुहोस् । यसले पाचन सम्बन्धी समस्या हुँदैन् भने पेटमा हुने एसिडिटीको मात्रा बढ्नबाट रोक्नुका साथै पेट दुख्ने, जलन हुने र ग्यास जस्ता समस्याबाटराहत मिल्छ । धनियाँमा भिटामिन के, सी र ए प्रचुर मात्रामा पाइन्छ । जसले कपाललाई समेत बलियो र छिटो बढन् सहयोग गर्छ ।