छापामा आज : कसले के लेखे ?

काठमाडौं । काठमाडौंबाट प्रकाशित दैनिक अखबारहरूको प्राथमिकतामा आज विविध विषय परेको छ ।
कान्तिपुर दैनिकले मिटरब्याजपीडितमाथि भएको ज्यादतिबारे मुख्य समाचार बनाएको छ । समाचारअनुसार, मिटरब्याजपीडितबाट पीडित भएकालाई उल्टै जेल हालिएको छ । सप्तरीको कन्चनरूपका स्थानीयमाथि यस्तो ज्यादति भएको हो ।
देशका तराईलगायत क्षेत्रमा यो समस्या लामो समयदेखि विद्यमान छ । यसबाट पीडितहरूले न्यायका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आए पनि न्यायको साटो उल्टै अन्यायमा पर्न थालेका छन् ।
राष्ट्रपति निर्वाचनसँग सम्बन्धित अर्को खबरलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा स्थान दिएको छ ।
तेस्रो राष्ट्रपतिका लागि निर्वाचन आयोगले बिहीबार निर्वाचन गर्दैछ । निर्वाचनमा कांग्रेस, माओवादीसहित आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
नयाँ पत्रिकाले छुवाछुतसँग सम्बन्धित सामाजिक विषयलाई आज मुख्य समाचारको रूप दिएर छापेको छ । समाचारअनुसार, गाउँपालिका अध्यक्षले भोजमा करिब ५ हजारलाई बोलाएर जातीय विभेद गरेका छन् । सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले आफ्नी दिवंगत आमाको १३ औं दिनको पुण्यतिथिमा आमन्त्रण गरिएका निम्तालुमाथि जातीय विभेद गरेका हुन् । उनले कथित ठूला र साना जातले भोज खाने स्थान नै अलगत बनाएका थिए ।
खराब कर्जा प्रवाहले वित्तीय अराजकता बढेको, चिया अक्सनमा गरिएको लाखौं लगानी उपलब्धिहीन बनेको, युएईमा राजदूत पद खाली रहेकोलगायत अन्य समाचारलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा ‘कभरेज’ गरेको छ ।
राजधानीमा संघीय निजामती सेवा ऐन छिट्टै आउने खबर छ भने गोरखापत्रमा शल्यक्रिया गरेर छावा जन्माइएको समाचार छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया