लक्ष्मी बैंकको सबै खाता बन्द गर्न श्रम कार्यालयको पत्र
काठमाडौं । श्रम तथा रोजगार कार्यालयले ‘क’ वर्गअन्तर्गतको लक्ष्मी बैंकको सबै कारोबार रोक्का गर्न आदेश दिँदै पत्र काटेको छ ।
कार्यालयले श्रम अदालतको फैसला कार्यान्वयन गराउँदै सो पत्र काटेर आदेश दिएको हो । यो आदेश भने कार्यालयले माघ २३ गते नै जारी गरेको हो ।
नेपाल राष्ट्र बैंकको नियमन शाखाले माघ २३ गते नै तोक लगाएर खाता रोक्का गर्न निर्देशन दिइसकेको छ ।
तर, राष्ट्र बैंकले हालसम्म खाता बन्द गरेको छैन । आदेश कार्यान्वयन गरेपछि भने बैंकको अन्य बैंकहरूमा रहेका खाताहरू रोक्का हुनेछन् ।
कार्यालयले श्रम नियमावली २०७५ को नियम ७६ को (४) बमोजिम हात्तिसारस्थित केन्द्रिय कार्यालय रहेको प्यान नं ३००२७७४०९ को नाममा देशैभरि रहेका बैंकहरूमा रहेको खाता अर्को आदेश नभएसम्मको लागि रोक्का राख्न आदेश दिइएको हो ।
मुद्दा के हो ?
लक्ष्मी बैंकमा कार्यरत पुकार श्रेष्ठलाई बैंकले २०७४ साल कार्तिक २४ गते सेवाबाट हटाएको थियो । श्रेष्ठले बैंकविरूद्ध श्रम अदालतमा उजुरी दिएका थिए । अदालतले श्रेष्ठलाई बर्खास्त भएदेखि बहाल हुँदासम्मको पारिश्रमिक समेत पाउने ठहर गरेको थियो । सो फैसला कार्यान्वयन नभएको भन्दै पुनः श्रेष्ठले श्रम कार्यालयमा निवेदन दिएका थिए ।
कार्यालयले अदालतको फैसला कार्यान्वयनको लागि बैंकलाई पत्र काटेको हो । सर्वोच्चमा भने यो मुद्दा अहिले पनि विचारधिन अवस्थामा छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया