यस्ता छन् आलु खाएर तौल घटाउने उपाय
एजेन्सी । आलु अधिकांशको प्रिय तरकारी मानिन्छ । उसिनेर होस् वा तारेर अथवा भुटेर नै, यसबाट धेरै परिकार बनाउन सकिन्छ । जसले हरकोहीको मन जितेको छ ।
तौल बढाउन होस् वा घटाउन, आलुको सेवन दुवैमा काइदा छ । आलुमा धेरै प्रकारका पोषक तत्व हुन्छन् । यसको कम सेवनले स्वास्थ्यमा फाइदा गर्छ भने बढी सेवन हानीकारक पनि हुन सक्छ । आलुमा भिटामिन, मिनरल्स, फाइबर जस्ता पोषक तत्व प्रशस्त्र पाइन्छन् ।
जसले धेरै रोग लाग्नबाट समेत बचाउँछ ।
यसमा हुने गुणले पेटको बोसो घटाउने मात्र नभइ पाचन प्रक्रिया पनि राम्रो बनाउँछ । तौल बढेर चिन्तित हुने व्यक्तिले यसको सहि सेवनले गर्दा तौल घट्छ । आलुमा फ्याट फ्री र कम क्यालोरी हुन्छ ।
तौल घटाउन कसरी खाने आलु ?
यदि तौल घटाउने हो भने आलु उपयुक्त डाइट प्लान हुनुपर्छ । सहि तरीकाले आलु नखाँदा यसले उल्टो प्रतिक्रिया दिन्छ अर्थात तौल घटने नभइ बढन जान्छ । तौल घटाउन आलु खाने सहि तरीका उसिनेर हो । सादा पानीमा उसिनेको आलु खाँदा पेट लामो समयसम्म भरिन्छ । जसले चाँडै भोक लाग्दैन् र तौल घट्छ । आलुले क्यान्सर रोगको जोखिमलाई समेत टाढा राख्छ ।
आलु दिनहुँ खादा फाइदाजनक नै मानिन्छ तर आलुको सेवन गर्दा अन्य खानेकुरा भने खानामा समावेश गर्नु हुँदैन् । आलु धेरै तरिकाले खान सकिन्छ । आलु यसरी खाँदा तपाई चिनी र दूध नहाली कालो चिया तथा हर्बल चिया पनि खान सकिन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया