NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

यस्ता छन् आलु खाएर तौल घटाउने उपाय

एजेन्सी । आलु अधिकांशको प्रिय तरकारी मानिन्छ । उसिनेर होस् वा तारेर अथवा भुटेर नै, यसबाट धेरै परिकार बनाउन सकिन्छ । जसले हरकोहीको मन जितेको छ ।

तौल बढाउन होस् वा घटाउन, आलुको सेवन दुवैमा काइदा छ । आलुमा धेरै प्रकारका पोषक तत्व हुन्छन् । यसको कम सेवनले स्वास्थ्यमा फाइदा गर्छ भने बढी सेवन हानीकारक पनि हुन सक्छ । आलुमा भिटामिन, मिनरल्स, फाइबर जस्ता पोषक तत्व प्रशस्त्र पाइन्छन् ।
जसले धेरै रोग लाग्नबाट समेत बचाउँछ ।

यसमा हुने गुणले पेटको बोसो घटाउने मात्र नभइ पाचन प्रक्रिया पनि राम्रो बनाउँछ । तौल बढेर चिन्तित हुने व्यक्तिले यसको सहि सेवनले गर्दा तौल घट्छ । आलुमा फ्याट फ्री र कम क्यालोरी हुन्छ ।

तौल घटाउन कसरी खाने आलु ?

यदि तौल घटाउने हो भने आलु उपयुक्त डाइट प्लान हुनुपर्छ । सहि तरीकाले आलु नखाँदा यसले उल्टो प्रतिक्रिया दिन्छ अर्थात तौल घटने नभइ बढन जान्छ । तौल घटाउन आलु खाने सहि तरीका उसिनेर हो । सादा पानीमा उसिनेको आलु खाँदा पेट लामो समयसम्म भरिन्छ । जसले चाँडै भोक लाग्दैन् र तौल घट्छ । आलुले क्यान्सर रोगको जोखिमलाई समेत टाढा राख्छ ।

आलु दिनहुँ खादा फाइदाजनक नै मानिन्छ तर आलुको सेवन गर्दा अन्य खानेकुरा भने खानामा समावेश गर्नु हुँदैन् । आलु धेरै तरिकाले खान सकिन्छ । आलु यसरी खाँदा तपाई चिनी र दूध नहाली कालो चिया तथा हर्बल चिया पनि खान सकिन्छ ।