आँखा तेजिलो बनाउन बन्दा खानुहोस्
एजेन्सी । हरियो सागसब्जी स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हरियो तरकारीमा हुने गुण अन्य तरकारीमा पाइदैन । यसमा पाइने पोषणलले धेरै रोगहरू लाग्नबाट बचिन्छ । हरियो तरकारीमा औषधिय गुण हुन्छन् ।
जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । शरीरका विभिन्न रोगका लागि उपयोगी यी प्राकृतिक खाद्य पदार्थहरू अमृत जस्तै हुन्। यी औषधीय गुण भएका तरकारीहरू मध्ये बन्दा पनि एक हो।
बन्दाको सेवनले आँखाको ज्योति बढाउनदेखि अल्सर र क्यान्सर रोगसमेत लाग्नबाट बचाउँछ । बन्दामा एन्टिअक्सिडेन्ट र एन्टी९इन्फ्लेमेटरी गुणहरू छन्, जुन ग्यास्ट्राइटिस, पेप्टिक र ड्युओडेनल अल्सर, इरिटेबल बोवेल सिन्ड्रोम जस्ता ग्यास्ट्रोइंटेस्टाइनल विकारहरूमा फाइदाजनक हुन्छ। यसमा भिटामिन, मिनरल्स र फाइटोन्यूट्रिएन्ट पाइन्छ । बन्दामा फाइबर धेरै हुन्छ भने क्यालोरी कम हुन्छ।
बन्दा पेटको समस्याका लागि पनि रामबाण मानिन्छ । यसको सेवनले पाचन र कब्जियतको समस्या हुँदैन । बन्दामा एन्थोसायनिन पोलिफेनोल पाइन्छ, जसले पाचन क्रियालाई उत्तेजित गर्ने काम गर्छ। बन्दामा हुने फाइबरले पाचन प्रक्रिया ठिक राख्छ । बन्दामा रोग प्रतिरोधी क्षमता बलियो बनाउन पनि गुण हुन्छ ।
यसमा पाइने भिटामिन सीले प्रतिरक्षा प्रणालीलाई बढाउँछ। यदि तपाईको रोग प्रतिरोधात्मक क्षमता कम छ भने यसको जुस पिउने गर्दा यसले इम्युनिटि पावर बढाउँछ । बन्दा रुघाखोकी, फ्लु जस्ता संक्रमण जस्ता रोगमा समेत लाभदायिक मानिन्छ एक अनुसन्धान जर्नलका अनुसार बन्दामा ल्युटिन र जिक्सान्थिन पाइन्छ । यी दुवै तत्व आँखा स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया