कांग्रेसबाट अलग भए रामचन्द्र पौडेल
काठमाडौं । राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेलले नेपाली कांग्रेस त्यागेका छन् । झण्डै सात दशक कांग्रेस राजनीतिमा सक्रिय रहेका पौडेलले आइतबार पार्टीबाट अलग भएका हुन् ।
कांग्रेसको केन्द्रीय कार्यलयमा पत्रचार गर्दै उनले आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टी सदस्यबाट अलग भएको जानकारी गराएका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
२५ फागुनमा राष्ट्रपति भएका पौडेलले सोमबार पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । उनी राष्ट्रपतिमा निर्वाचित भएसँगै संवैधानिक व्यवस्थाअनुसार सांसद पद स्वतः खारेज भइसकेको छ । मंसिरमा भएको निर्वाचनतमा पौडेल तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया