NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

मानसिक स्वास्थ्य कसरी स्वस्थ राख्ने ?

एजेन्सी । मानिस स्वस्थ हुन जति उसको शारीरीक स्वास्थ्य स्वस्थ हुन जरुरी छ त्यति नै उसको मानसिक स्वास्थ्य पनि स्वस्थ हुन आवश्यक छ । अहिले धेरै व्यक्ति चिन्ता, तनाव र डिप्रेसनका जस्ता मानसिक समस्याबाट ग्रसित छन् ।

बदलिदो जीवनशैली र खानपानलाई सहि राख्दा मानसिक स्वास्थ्य पनि कायम हुने स्वास्थ्य विज्ञ बताउँछन् । जसरी शरीरलाई स्वस्थ रहन पर्याप्त मात्रामा पौष्टिक तत्वले भरिपूर्ण खानेकुरा चाहिन्छ, त्यसैगरी मस्तिष्कलाई पनि । हामीले खाने खानेकुराले हाम्रो मानसिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले मानसिक स्वास्थ्य स्वस्थ हुन केही अभ्यास जरुरी छ ।

स्वस्थ खानपान

स्वस्थ खानपान एक प्राकृतिक औषधि हो । यसले कुनै पनि मानसिक वा शारीरी समस्या आउँन दिदैन । शरीरमा चाहिने उचित पोषणको परिपूर्तिले व्यक्तिको स्वास्थ स्ंवत स्वस्थ हुन्छ । त्यसैले स्वास्थ्य जीवनशैलीका लागि स्वस्थ खाना आवश्यक छ । जसले तपाईको शरीरसँगै मस्तिष्क पनि स्वस्थ हुन्छ ।

व्यायाम र याेग
व्यायाम र याेग दुबै हाम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ । यसले शारीरिक समस्यामा मात्र नभइ मानसिक स्वास्थ्यमा पनि यसको फाइदा पुर्याउँछ । नियमित व्यायाम र याेगले मन तथा मस्तिष्क शान्त राख्छ ।

मस्तिष्कलाई आराम

हाम्रो शरीर जस्तै मस्तिष्कलाई पनि आराम चाहिन्छ । मस्तिष्कमा  धेरै प्रकारका कुरा खेलाउँदा वा सोच्दा यसले मस्तिष्कमा प्रत्यक्ष असर गर्छ । जसले गर्दा मानसिक स्वास्थ्य स्वस्थ हुन सक्दैन् ।

धुम्रपान त्याग्ने

मानसिक स्वास्थ्य राम्रो हुन धुम्रपानजन्य पदार्थ पनि त्याग्नु पर्छ । यसले तपाईको मानसिक स्वास्थ्य मात्र नभइ शारीरीक स्वास्थ्य पनि नकारात्मक बनाइदिन्छ । धुम्रपानजन्य पदार्थले मस्तिष्कमा हर्मोनको असन्तुलन निम्त्याउन सक्छ । एक अध्ययनका अनुसार धुम्रपानले व्यक्तिमा चिन्ता, तनाव र डिप्रेसन जस्ता विकारको जोखिमसमेत बढाउँछ ।त्यसैले मानसिक स्वास्थ्यलाई राम्रो बनाउन धुम्रपान मद्यपानबाट टाढा रहनुपर्छ ।