प्रमुख प्रतिपक्षी दलको नेतामा एमालेको दाबी
काठमाडौं । सत्ताबाट भर्खर बाहिरिएको एमालेले संसदीय दलका नेता केपी ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्राचार गरेको छ ।
सत्ता समीकरण बदलिएपछि १५ फागुनमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय लिएको थियो ।
एमाले महासचिव शंकर पोखरेलले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले ओली स्वतः विपक्षी दलको नेता भएको जिकिर गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको कांग्रेस उपराष्ट्रपतिको निर्वाचनपछि सरकारमा जाने तयारी गरेको छ । सरकारलाई दिएको समर्थन कायमै राखेर देउवालाई विपक्षी दलको नेता बनाएको भन्दै आलोचना भएको थियो । देउवालाई प्रतिपक्षी दलको नेता बनाएको भन्दै संसद सचिवालयविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया