गाँजाको तेल क्यान्सरको दुखाइ कम गर्नदेखि अनुहारको चाउरीपना हटाउनसम्म उपयोगी

काठमाडौं । तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ ,गाँजाको पनि तेल हुन्छ ? तर पूर्वीय देशहरुमा यसको प्रयोग पहिलेदेखि नै गरिदै आइरहेको छ । गाँजाको तेलमा लाभदायिक गुण हुन्छ ।
त्यसैले यो अहिले विश्वभर नै प्रयोग गरिन्छ । गाँजाको तेल गाँजाको दानाबाट निकालिन्छ । जुन हल्का हरियो तथा सफा रङको हुन्छ । गाँजामा टिएचसि र सिबिडि नामक तत्व हुन्छन् । यी तत्व प्रयोग गरेर गाँजाको तेल उत्पादन गरिन्छ ।
यसका फाइदा
गाँजाको तेल तनाव, चिन्ता र पिडा निवारण गर्न प्रयोग गरिन्छ । यसको उचित प्रयोगबाट स्वास्थ्यमा धेरै लाभ हुने विज्ञ बताउँछन् ।
गाँजाको तेलमा फ्याटी एसिड सहि मात्रामा हुने हुँदा यो स्वास्थ्यमा निकै प्रभावकारी हुन्छ । यसको प्रयोग छारेरोगको उपचारमासमेत गर्न सकिन्छ ।
अध्ययनका अनुसार निष्क्रिय मनोवैज्ञानिक लवण (सिबिडि) को प्रयोग छारे रोगको उपचारका लागि उपयोगी छ । गाजाँको तेलले शरीरको दुखाई तथा क्यान्सरको दुखाई कम गर्नुका साथै अनुहारमा आउने चाँयापोतो तथा डन्डीफोरमा पनि प्रयोग गरिन्छ । यसको प्रयोग नशा तथा मस्तिष्कसम्बन्धी रोगमा पनि उत्तिकै फलदायी मानिन्छ । गाँजाको तेल मधुमेह तथा उच्च रक्तचापका बिरामीलाई पनि लाभदायिक छ । यसले मधुमेह तथा रक्तचाप नियन्त्रणमा राख्छ ।
ताजा अपडेट
-
बिहानको खाजामा चिया बिस्कुट खाँदा के हुन्छ ?
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
प्रतिक्रिया