गाँजाको तेल क्यान्सरको दुखाइ कम गर्नदेखि अनुहारको चाउरीपना हटाउनसम्म उपयोगी
काठमाडौं । तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ ,गाँजाको पनि तेल हुन्छ ? तर पूर्वीय देशहरुमा यसको प्रयोग पहिलेदेखि नै गरिदै आइरहेको छ । गाँजाको तेलमा लाभदायिक गुण हुन्छ ।
त्यसैले यो अहिले विश्वभर नै प्रयोग गरिन्छ । गाँजाको तेल गाँजाको दानाबाट निकालिन्छ । जुन हल्का हरियो तथा सफा रङको हुन्छ । गाँजामा टिएचसि र सिबिडि नामक तत्व हुन्छन् । यी तत्व प्रयोग गरेर गाँजाको तेल उत्पादन गरिन्छ ।
यसका फाइदा
गाँजाको तेल तनाव, चिन्ता र पिडा निवारण गर्न प्रयोग गरिन्छ । यसको उचित प्रयोगबाट स्वास्थ्यमा धेरै लाभ हुने विज्ञ बताउँछन् ।
गाँजाको तेलमा फ्याटी एसिड सहि मात्रामा हुने हुँदा यो स्वास्थ्यमा निकै प्रभावकारी हुन्छ । यसको प्रयोग छारेरोगको उपचारमासमेत गर्न सकिन्छ ।
अध्ययनका अनुसार निष्क्रिय मनोवैज्ञानिक लवण (सिबिडि) को प्रयोग छारे रोगको उपचारका लागि उपयोगी छ । गाजाँको तेलले शरीरको दुखाई तथा क्यान्सरको दुखाई कम गर्नुका साथै अनुहारमा आउने चाँयापोतो तथा डन्डीफोरमा पनि प्रयोग गरिन्छ । यसको प्रयोग नशा तथा मस्तिष्कसम्बन्धी रोगमा पनि उत्तिकै फलदायी मानिन्छ । गाँजाको तेल मधुमेह तथा उच्च रक्तचापका बिरामीलाई पनि लाभदायिक छ । यसले मधुमेह तथा रक्तचाप नियन्त्रणमा राख्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया