NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

३० वर्ष उमेर कटेपछि खानैपर्ने आहार के हुन् ?

एजेन्सी । स्वस्थ रहन पौष्टिक आहार सबैभन्दा महत्वपूर्ण छ । हिजोआज कयौं मानिस युवावस्थामा नै धेरै प्रकारका रोगबाट पिडित भएका हुन्छन् । यसको मुख्य कारण खराब जीवनशैली र अस्वस्थकर खाना हो ।

कमजोर रोग प्रतिरोधात्मक क्षमता, हाडजोर्नी दुख्ने, हड्डी कमजोर हुने, मुटु रोग लाग्ने जस्ता धेरै प्रकारका रोगहरू कम उमेरमै पोषणको अभावले लाग्ने गर्छ ।

विशेषगरी युवा तथा महिला र ३० वर्षभन्दा माथिका पुरुषहरू आफ्नो स्वास्थ्यप्रति बढी सचेत हुनुपर्छ । यो उमेरमा सचेत रहँदा कम उमेरमा रोग लाग्न पाउँदैन । यसको लागि विशेष खानपानको जरुरी छ ।

कस्ता खानपान गर्ने ?

सोयाबिन

सोयाबिन प्रोटिनले भरिएको तरकारी हो । यसले शरीरको मेटाबोलिक प्रणालीलाई स्वस्थ राख्छ । यसमा पाइने पोषक तत्वले हड्डी बलियो बनाउँछ । १०० ग्राम सोयाबिनमा ३६.५ ग्राम प्रोटिन पाइन्छ । प्रोटिनको कमी भएका व्यक्तिले सोयाबिनको सेवन गर्नुपर्छ । दैनिक एक पटक सोयाबिन खानु शरीरको लागि फाइदाजनक छ ।

ब्रोकाउली

भिटामिन र मिनरल्स ब्रोकाउलीमा प्रचुरमा मात्रामा हुन्छ । यसले शरीरमा भिटामिन र मिनरल्सको कमी मात्र नभएर प्रोटिनको कमी पनि पूरा गर्छ । त्यसैले बढ्दो उमेरमा यी खानेकुरा स्वास्थ्यका लागि अतिआवश्यक छ । ब्रोकाउलीमा ४.५ ग्राम प्रोटिन पाइन्छ ।

हरियो मटरकोसा

हरियो सागसब्जी शरीरका लागि रामबाण नै मानिन्छ । यी सागसब्जीमा जति प्रोटिन र आइरन अन्यमा पाइदैन । यसमध्येमा पनि हरियो मटरकोसा प्रोटिन, आइरन र मिनरल्सले भरिएको तरकारी हो । मटरमा ५ ग्राम प्रोटिन हुन्छ । यति मात्र होइन मटरले क्याल्सियम, म्याग्नेसियम, पोटासियम, जिंक, कपर, फस्फोरस आदिको कमीलाई पनि पूरा गर्छ । हरियो मटर फाइबरयुक्त खानेकुरा पनि हो । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

माछा

माछा पनि दैनिक आहारमा समावेश गर्नेपर्ने आहारमध्ये एक हो । यसले शरीरमा पोषक तत्व प्रदान गर्छ । १०० ग्राम माछामा २२ ग्राम प्रोटिन पाइन्छ । जसले शरीरमा आवश्यक हर्मोन बनाउन मद्दत गर्छ भने मुटु र मस्तिष्कलाई स्वस्थ राख्छ ।