चियापतिबाट यसरी सफा गर्नुहोस् भान्साका भाँडा र बट्टा
एजेन्सी । भान्सामा प्रयोग हुने भाँडाहरू सफा गर्ने काम अधिकांश महिलाका लागि टाउको दुखाइको विषय बन्छ । घर सफा र सुन्दर देखिन भाँडाकुडा सफा गर्न जरुरी हुन्छ ।
भाँडा पहेँलो हुनु वा खाद्यान्न राख्ने बट्टा चिल्लो र फोहोर हुनु धेरैको साझा समस्या हो । यिनलाई जति गरे पनि सफा गर्न मुस्किल पर्छ । तर यो समस्या समाधानको एउटा सजिलो उपाय छ । तपाईं चियापतिको सहायताले यस्ता चिल्लो र फोहोर भाँडा सहजै सफा गर्न सक्नुहुन्छ । चियापति चिया बनाउन मात्रै नभएर फोहोर निकाल्ने माध्यम पनि हो भन्दा फरक पर्दैन ।
सफा गर्न कसरी प्रयोग गर्ने चियापति ?
हामी प्रायः सबै जना चिया पकाएर चियापति फाल्ने गछौं । चिया पकाइसकेर बाँकी चियापतिले नै तपाईंले आफ्नो घरको भाँडा चम्काउन सक्नुहुन्छ । सो चियापतिमा भाँडा माझ्ने साबुन हाल्नुहोस् र चिल्लो बट्टामा उक्त मिश्रण राखेर केही समय हल्लाउनुहोस् र सफा पानीले सफा गर्नुहोस् ।
यसले तपाईंको बट्टामा भएका फोहोर र चिल्लो पदार्थ सबै सफा गर्छ र बट्टालाई नयाँजस्तै देखाउनमा मद्दत गर्छ । यही मिश्रणको प्रयोग गरेर नै तपाईं भान्साका अन्य भाँडाकुँडा पनि धुनुहोस् । यसले सबै भाँडाहरूको पहेंलोपन हटाउँछ र सफा बनाउँछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया