यी लक्षण देखिए हुन सक्छ उच्च रक्तचाप
एजेन्सी । खानपानमा गडबडी र गलत जीवनशैलीका कारण धेरै किसिमका रोग लाग्ने गरेको छ । खराब खानपान र जीवनयपनकै कारण हुनेमध्ये रक्तचापसम्बन्धी समस्या पनि एक हो ।
रक्तचापमा समस्या आउँदा शरीरको रक्तप्रवाह असन्तुलित हुन्छ । मुटुले हाम्रो शरीरका सबै अंगहरूमा रगत पम्प गर्ने काम गर्छ । जबसम्म मुटुले शरीरका सबै अंगहरूमा सामान्य रूपमा रगत पम्प गर्न सक्षम हुन्छ, त्यसलाई सामान्य रक्तचाप भनिन्छ ।
सामान्यतया टाउको दुख्नु, छटपट हुनु, शरीरमा अत्यधिक पसिना आउनु उच्च रक्तचापका लक्षण हुन् । यी बाहेक उच्च रक्तचारपको समस्या हुँदा व्यक्तिलाई अत्यधिक थकान लाग्ने, चक्कर वा वेहोस हुनु, छाला चिसो हुनु वा छाला पहेंलो हुने जस्ता लक्षण देखापर्छ ।
कसरी बच्ने ?
१) उच्च रक्तचापको समस्याबाट बच्न नियमित रूपमा स्वस्थ्य र सन्तुलित आहार लिनुपर्छ ।
२) खानामा नुनको मात्रा घटाउनुपर्छ र पोटासियमको मात्रा बढाउनुपर्छ ।
३) कम बोसोयुक्त खानेकुरा खानुपर्छ ।
४) फलफूल र तरकारी प्रशस्त्र मात्रामा खाने ।
५) मोटोपनाले उच्च रक्तचापको समस्या निम्त्याउन सक्छ, त्यसैले तौल नियन्त्रण गर्नुपर्छ।
६) धुम्रपान र मद्यपानबाट त्याग्नुपर्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया