यस्ता छन् मन्त्रीका लागि कांग्रेसले बनाएकाे मापदण्ड
काठमाडौं । नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाएको छ ।
आइतरबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गर्दै सरकारमा जाने मन्त्रीहरूको मापदण्ड बनाएको हो ।
सरकारले संविधानको रक्षा, विकास, समृद्धि र स्थिरतालाई ध्यानमा राखेर काम गर्ने अपेक्षासहित विश्वासको मत दिने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
‘नयाँ परिस्थितिमा फेरी एउटा गठबन्धन बनेको छ । त्यसलाई मध्यनजर गरी कांग्रेस पनि सरकारमा सहभागी हुन्छ । हामीलाई विश्वास छ, सरकारले संविधान, समृद्धि र स्थिरतालाई ध्यानमा राखेर काम गर्नेछ’, उनले भने ।
बैठकले मन्त्रिपरिषदमा पठाउँदा योग्यता, क्षमता, योगदान, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर मन्त्री पठाउने मापदण्ड बनाएको महतले बताए ।
यही मापदण्डका आधारमा नेतृत्वले सबैको सुझाव सल्लाह लिएर क–कसलाई पठाउने भन्ने निर्णय गर्ने उनको भनाइ छ । २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले दुई महिना नपुग्दै एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि भोलि पुनः विश्वासको मत लिँदैछन् । प्रचण्डलाई कांग्रेस, नेकपा एससहित १० दलको समर्थन रहेकाले स्पष्ट बहुमतमा रहेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया