एकीकृत समाजवादी संसदमा सत्ता पक्षको बेन्चमा बस्ने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) संसदमा सत्ता पक्षको बेन्चमा बस्ने भएको छ । सरकारलाई विश्वासको मत प्रदान गरेर पनि प्रतिपक्षमा बस्दै आएको पार्टीले पछिल्लो पटक विकास भएको राजनीतिक समीकरणमा सरकारलाई थप सहयोग गर्न सत्ता पक्षको भूमिकामा रही आवश्यक जिम्मेवारी निर्वाह गर्न लागेको पार्टीका उपमहासचिव एवं कार्यालय सचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई सोमबार विश्वासको मत प्रदान गर्न निर्णय गरेको उक्त पार्टीले आफ्ना प्रतिनिधिसभा सदस्यलाई निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ ।
पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा सङ्गठनका प्रतिनिधिले देशभरबाट जनभावना बुझेर निर्णय गरिने छ । सङ्घीय प्रतिनिधिसभामा पार्टीका १० सदस्य निर्वाचित छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया