एकीकृत समाजवादी संसदमा सत्ता पक्षको बेन्चमा बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) संसदमा सत्ता पक्षको बेन्चमा बस्ने भएको छ । सरकारलाई विश्वासको मत प्रदान गरेर पनि प्रतिपक्षमा बस्दै आएको पार्टीले पछिल्लो पटक विकास भएको राजनीतिक समीकरणमा सरकारलाई थप सहयोग गर्न सत्ता पक्षको भूमिकामा रही आवश्यक जिम्मेवारी निर्वाह गर्न लागेको पार्टीका उपमहासचिव एवं कार्यालय सचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई सोमबार विश्वासको मत प्रदान गर्न निर्णय गरेको उक्त पार्टीले आफ्ना प्रतिनिधिसभा सदस्यलाई निर्णय कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ ।
पार्टी सरकारमा सहभागी हुने वा नहुने विषयमा सङ्गठनका प्रतिनिधिले देशभरबाट जनभावना बुझेर निर्णय गरिने छ । सङ्घीय प्रतिनिधिसभामा पार्टीका १० सदस्य निर्वाचित छन् ।
ताजा अपडेट
-
आकस्मिक गर्भनिरोधक चक्कीले पनि हुन्छ अनियमित महिनावारी
-
ठगका अनेक चालः टर्कीको भूकम्प पुनःनिर्माणमा पठाइदिने भन्दै करोडौं ठगी
-
प्रविधि पछ्याउँदै प्रहरीः गुनासो व्यवस्थापनका लागि उजुरी पेटिकाबाट क्युआर कोडतर्फ
-
सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
-
कामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
प्रतिक्रिया