NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

यस्ता छन् अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री प्रचण्डले अघि सारेका योजना र प्रतिबद्धता (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोटो समयमा प्रभावकारी काम गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको सोमबार बसेकोे बैठकमा सम्बोधन गर्दै उनले सरकारले छोटो समयमा अर्थतन्त्रको पुनरुत्थान, सुशासनको प्रत्याभूति, विकास निर्माणलाई तीव्रता दिन इमान्दारितापूर्वक क्रियाशील रहेको बताए ।

‘अर्थतन्त्रको पुनरुत्थान, सेवा प्रवाहमा सुधार, सुशासन, विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर नीतिगत, प्रक्रियागत र संस्थागत सुधारका निर्णयहरू कार्यान्वयनमा लगि सकिएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यसैको परिणामस्वरुप केही आर्थिक परिसूचकहरूमा सकारात्मक नतिजा देखिएको छ ।’

पछिल्लो समयमा अर्थतन्त्रको बाह्य क्षेत्र, तरलता सङ्कुचनको स्थिति सुधारको क्रममा रहेको उनले बताए । त्यस्तै संसदमा उनले विदेशीमुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन आगमन आदि क्षेत्रमा उत्साहजनक प्रगति भएको उनले उल्लेख गरे ।

सम्बोधनको क्रममा अर्थतन्त्रमा भएका सुधार र योजनाबारे अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका दाहालले संसदमा प्रस्तुत गरेका विषयहरू यस्ता छन् :

१.सरकारी खर्चमा मितव्ययिता कायम गर्न अनावश्यक खर्च कटौती तथा प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी बजेटको पुनर्विन्यासको काम सुरु भइसकेको ।

२.खर्च नियन्त्रणका लागि अत्यावश्यक बाहेक मन्त्री र उच्चपदस्थ कर्मचारीहरूलाई विदेश भ्रमणमा रोक लगाइएको ।

३.बढ्दो व्यापार घाटालाई नियन्त्रण गरी निकासी प्रवद्र्धन तथा आयात व्यवस्थापनका लागि नयाँ नेपाल व्यापार एकीकृत रणनीति कार्यान्वयनमा ल्याइएको ।

४.संसारभरिका कूटनीतिक र आर्थिक नियोगहरुलाई वैदेशिक लगानीका लागि परिचालनको सुरुआत भइसकेको

५.सम्भावित ठूला लगानीकर्तासँग प्रधानमन्त्रीकै तहमा अग्रसरताका लागि आवश्यक गृहकार्य भइरहेको

६. शोधनान्तर समस्यालाई दीगो रूपमा समाधानगर्न आन्तरिक उत्पादन वृद्धिको विकल्प नभएकाले त्यसकालागि अल्पकालीन र मध्यकालीन कदम चालिँदै ।

७. १२० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्न सैद्धान्तिक सहमति दिइएको ।

८. नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट करिब १४ अर्ब ३१ करोड अनुदान सहायता उपलब्ध हुने ।

योजना

१. लघु, साना, मझौला र ठूला उद्योगहरूको पूर्ण क्षमतामा सञ्चालन, लागत न्यूनीकरण र बजारीकरणमा सहयोग गरी औद्योगिक उत्पादन वृद्धिलाई प्रोत्साह नदिइँदै

२.पर्यटकको संख्या, बसाइ र खर्च बढाउन विशेष कार्यक्रम ल्याइँदै

३.सहकारी संस्थाहरूका विकृति र विसंगतिको दीर्घकालीन समाधानका लागि तत्काल उच्चस्तरीय अध्ययन समिति गठन गरिँदै ।

४. समग्र लघुवित्त क्षेत्रमा नियामकीय सुधारकालागि नेपाल राष्ट्र बैंकले चाल्ने आवश्यक कदममा सरकारले आवश्यक सहयोग गर्ने

५.आगामी आर्थिक वर्षको बजेटमा खर्च कटौती गरी उपलव्ध स्रोतको अधिकतम उपयोग हुने क्षेत्रमा बजेट विनियोजनमा जोड दिइने

६.अत्यावश्यकबाहेक नयाँ आयोजनाहरू सुरु नगर्ने

७. अधिक प्रतिफलदिने आयोजनालाई मात्र बजेट बिनियोजन गर्ने नीति लिइँदै

८. उत्पादन र रोजगारीको क्षेत्रमा केही थप कार्यक्रम अघि बढाइने ।

९.पूँजीगत खर्च कम हुने र सम्पन्न भएका कामको पनि गुणस्तर न्यून हुने रोग निराकरण गर्न आगामी आर्थिक वर्षमा संरचनागत र प्रणालीगत सुधार

प्रतिबद्धता

प्रधानमन्त्री दाहालले सम्बोधनकै क्रममा लक्ष्यभन्दा माथि पुगेको मुद्रास्फीति दर घटाउन सरकारले यसबीचमा चालेका कदमहरुका कारण आगामी दिनमा मूल्यवृद्धिको ठूलो चाप भोग्न नपर्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै निजी क्षेत्रसँगको सहकार्यमा अर्थतन्त्रमा देखिएका समस्याहरू समाधा नगर्दै चुनौतीलाई अवसरमा बदल्नेउनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

नीतिगत र व्यवहारिक सुधारका लागि पनि उनले  प्रतिवद्धता जनाएका छन् । यसबाहेक उनले आगामी दिनमा जनताको हित र राष्ट्रको समृद्धिको लागि सरकार निरन्तर समर्पित र क्रियाशील हुनेछ भन्ने प्रतिवद्धता व्यक्त गरे । नागरिकको विकास, समृद्धि र सुशासनप्रतिको उच्च अपेक्षालाई पूरा गर्न आगामीदिनमा थप निष्ठा र समर्पण भावका साथ काम गर्ने उनको प्रतिबद्धता छ ।

यस्ता छन् प्रधानमन्त्रीले संदनमा सम्बोधन गरेको पूर्णपाठ :