इलाममा चियाको पहिलो टिपाइ सुरु
इलाम । इलाममा सिजनको पहिलो हरियो चियापत्तीको टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि बन्द भएको चियाको उत्पादन चैतमा मुना पलाएपछि टिपाइ सुरु भएको हो ।
चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुन्छ । चिया किसानले हरियो पत्तीको मूल्यसमेत बढी पाउने गरेका छन् ।
यस सिजनको चियामा पानीको मात्रा कम हुने गरेकाले पनि यसलाई राम्रो चियाको रुपमा लिने गरिन्छ । जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भए पनि माथिल्लो र उच्च क्षेत्रमा भर्खरै मुना पलाउन सुरु भएको छ । इलाममा हरियोपत्तीको टिपाइ अर्थात् फस्ट प्लग चैत लागेसँगै सुरु हुन्छ ।
इलामलगायत पूर्वका ११ हजार पाँच सय ६९ हेक्टरमा चिया खेती भइरहेको छ । कुल १४ हजार आठ सय ९८ साना किसान चिया खेतीमा सङ्लग्न छन् । हाल यस क्षेत्रमा एक करोड ८२ लाख केजी सिटिसी तथा ४९ लाख केजी अर्थोडक्स चिया उत्पादन भइरहेको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया